श्रावण २८ गते, २०७५ सोमवार 13th August, 2018 Mon१३:३१:०२ मा प्रकाशित
काठमाडौँ ।नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।
टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पु¥याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ ।
टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलब १९ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलब ९२ प्रतिशत वृद्धि भएको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले चालू आवमा भ्वाइस सेवातर्फ कूल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्वमा वृद्धि गर्दै ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी दिए । चालू आवमा पिएसटिएन नौ लेन लाइन सेवातर्फ ४२ हजार २६१ लाइन टेलिफोन वितरण गर्ने र सोही अनुरुप मुलुकका ग्रामीण तथा शहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गर्ने टेलिकमको लक्ष्य छ ।
“चालू आवमा एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कूल जडित क्षमताको करीब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ”, उनले भने ।
डाटा सेवा विस्तारका लागि फोरजी÷एलटिई सेवामार्फत वायरलेस ब्रोडब्याण्ड सेवालाई थप प्रवद्र्धन गर्दै शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौँलगायत अन्य ठूला शहरमा तीन लाख क्षमताको ‘फाइबर टू दी होम नेटवर्क’ विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गरिनेछ । टेलिकमले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम ५१२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालन गरिनेछ ।
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नं १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने टेलिकमले जनाएको छ । पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सीमा क्षेत्र आरुघाटसम्म दुई हजार १७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरिनेछ । पोस्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने टेलिकमको लक्ष्य छ । “मुलुकका प्रमुख शहरमा फोरजी सेवा आरम्भ भइसकेकोछ,” प्रवक्ता वैद्यले भने । मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित टेलिकमले चालू आवमा थप बिटिएस जडान गरी सेवा विस्तारलाई तीव्र पारेको छ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: