Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

तालिबानसँग अफगानिस्तानको लडाइँ चर्किँदै, खाद्यपदार्थको अभाव

तालिबानसँग लडाइँ चर्किँदै जाँदा अफगानिस्तानको गज्नीमा खाद्यपदार्थको अभाव हुन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। आइतवार गज्नी छोडेर भागेका एक व्यक्तिले त्यहाँ जनजीवन कष्टप्रद हुँदै गएको र खानेकुरा एवम् पानीको अभाव भएको बीबीसीलाई बताएका छन्। शुक्रवार राति चारैतिरबाट तालिबानले आक्रमण गरेपछि चर्किएको युद्धमा एक सय जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तीमध्ये अधिकांश सरकारी फौज र प्रहरीमा कार्यरत व्यक्तिहरू रहेका छन्। गज्नी सहर काबुल र कान्दाहारबीच रहेको एउटा महत्त्वपूर्ण राजमार्गमा अवस्थित छ। त्यहाँ नियन्त्रण राख्न सके तालिबानले काबुलको दक्षिण अफगानिस्तानसँगको सम्पर्क विच्छेद गरिदिनसक्छ। यो आक्रमणले राष्ट्रपति अशरफ गनीको सरकारलाई ठाडो चुनौती दिएको छ। मुख्य अस्पतालमा उपचार दुर्लभ भएको छ, मानिसहरू घाइतेलाई उपचारका लागि सुरक्षित रूपमा ल्याउन सकिराखेका छैनन् । अफगान सरकार र उसको नेटो साझेदारले गज्नीमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गरे पनि प्राप्त विवरणहरूका अनुसार तालिबान लडाकुहरू स्वतन्त्र रूपमा सहरमा घुमिरहेका छन् र धेरै सरकारी भवनहरू उनीहरूको नियन्त्रणमा रहेका छन्। टेलिफोन सेवा बन्द भएको छ र प्राप्त सूचनाहरू पुष्टि गर्न गाह्रो भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार काबुलस्थित निर्वाचन आयोगनजिकै भएको एउटा विस्फोटनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। बम विस्फोट हुँदा सो स्थानमा एउटा विरोध प्रदर्शन हुँदै थियो। सहरबाट बाहिरिएका व्यक्तिहरूका अनुसार गज्नीमा गैरसैनिकहरूका लागि स्थिति दयनीय छ। सयवटा भन्दा बढी शवहरू अस्पताल लगिएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार सहरका सडकमा थुप्रै शवहरू छन्। \'मुख्य अस्पतालमा उपचार दुर्लभ भएको छ, मानिसहरू घाइतेलाई उपचारका लागि सुरक्षित रूपमा ल्याउन सकिराखेका छैनन्,\' संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजकले सोमवार एउटा विज्ञप्तमा भने। \'सहरभित्रबाट प्राप्त केही विवरणहरूका अनुसार धेरै परिवारहरू घरभित्रै बसेका छन् र बाहिर निस्किन सकेका छैनन्। दुई लाख ७० हजार मानिस बस्ने सहरमा महत्त्वपूर्ण दूरसञ्चार सञ्जाल र विद्युत्त आपूर्ति बन्द भएका छन्। त्यसले पानी आपूर्तिलाई पनि प्रभाव पारेको छ। खाद्यपदार्थ पनि घटिरहेको बताइएको छ।\' काबुलमा सोमवार एउटा विरोध प्रदर्शन आयोजना गरेका गज्नीका एक व्यक्तिका अनुसार त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको छ। उनका अनुसार तालिबान आक्रमणको सम्भावनाबारे एक हप्ताअघि नै सरकारलाई सचेत गराइएको उनले बताए। \'यदि तपाईँहरूले परिस्थिति नियन्त्रणमा लिन नसके गज्नी एक हप्तामा ढल्छ भनेर हामीले भनेका थियौँ। र, त्यही भयो।\' केही वकिलहरूले सो क्षेत्रको बिग्रिँदो स्थितबारे दिइएका चेतावनीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। आइतवार राष्ट्रपति गनीले गज्नीमा थप फौज पठाउने बताएका थिए। अमेरिकी नेतृत्वको नेटो फौजले सोमवार १० वटा हवाई आक्रमण गरेको छ। तालिबानले गैरसैनिकहरूलाई कवचका रूपमा प्रयोग गरेको आरोप नेटोले लगाएको छ। यसैबीच गज्नी प्रान्तको पूर्वमा रहेको अज्रिस्तान जिल्लामा अफगान सेनाका एक सय कमान्डोहरू हराइरहेका बताइएको छ। तर सरकारी अधिकारीहरूले ती विवरणको खण्डन गरेका छन्। तालिबानलाई सरकारसँग शान्तिवार्तामा बस्न दबाव बढ्दै गर्दा गज्नीमा लडाइँ र अरू स्थानमा आक्रमण भएका छन्। इदमा गरिएको तीनदेनि युद्धविरामपछि गत जुन महिनामा तालिबान र अमेरिकी अधिकारीहरूबीच कतारमा एउटा गोप्य भेटघाट भएको थियो। सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ। विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन्। अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए। त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ। विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुनस् कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन्। सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy