काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।
आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बागमती प्रदेश, सम्पर्क समन्वय तथा विशेष प्रदेश एकता सन्देश सभा तयारी बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
प्रचण्डले पार्टीभित्र जिम्मेवारी बाँडफाँड तथा संरचना निर्माण योग्यता र क्षमताका आधारमा हुने स्पष्ट गर्दै, कुनै नेताले मनोबल घटाउन नपर्ने बताएका छन् । उनका अनुसार, पुस ५ गतेभित्र प्रदेश र जिल्लास्तरका सबै संरचना एकीकृत गर्ने लक्ष्य पार्टीले राखेको छ ।
बैठकका सहसंयोजक माधवकुमार नेपालले पनि आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकता कार्यलाई निष्पक्ष रूपमा टुंग्याइने बताएका छन् । नेता हिमाल शर्माका अनुसार, दुवै शीर्ष नेताले पछिल्लो राजनीतिक परिस्थिति, वामपन्थी घटकबीच बढ्दो सहकार्यको आवश्यकता तथा एकीकृत पार्टीलाई थप सुदृढ बनाउनुपर्ने विषयमा विस्तृत ब्रिफिङ गरेका थिए ।
गत कात्तिक १९ गते भृकुटीमण्डपमा आयोजित सभा मार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटक एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषण भएको थियो । सोही सभाले प्रचण्डलाई संयोजक र माधव नेपाललाई सहसंयोजकका रूपमा चयन गरेको थियो । तर एक महिना बितिसक्दा पनि केन्द्रीय समिति पूर्णरूपमा गठन हुन नसक्नु तथा नेताहरूबीच कार्यविभाजन टुंगिन बाँकी रहनुले एकता प्रक्रियामा केही ढिलाइ भएको देखिएको छ ।
बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा पुस ५ गते भृकुटीमण्डपमै गर्ने निर्णय गरेको छ । सो अवसरमा जनवर्गीय संगठन, पेसागत तथा जातीय मोर्चा लगायत तीनवटै प्रदेशबाट करिब एक लाख सहभागी भेला हुने अपेक्षा गरिएको नेता शर्माले बताए । उक्त सभाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत प्राप्त भइसकेको छ ।
नेकपाले सुरू गरेको एकता सन्देश सभा श्रृंखला हाल विभिन्न प्रदेशमा जारी छ । मंसिर १२ गते सुदूरपश्चिमबाट सुरु भएको कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, मधेस तथा प्रवासमा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको कर्णाली प्रदेशमा मंसिर २७ गते सभा आयोजना हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: