Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । 

आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बागमती प्रदेश, सम्पर्क समन्वय तथा विशेष प्रदेश एकता सन्देश सभा तयारी बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

प्रचण्डले पार्टीभित्र जिम्मेवारी बाँडफाँड तथा संरचना निर्माण योग्यता र क्षमताका आधारमा हुने स्पष्ट गर्दै, कुनै नेताले मनोबल घटाउन नपर्ने बताएका छन् । उनका अनुसार, पुस ५ गतेभित्र प्रदेश र जिल्लास्तरका सबै संरचना एकीकृत गर्ने लक्ष्य पार्टीले राखेको छ ।

बैठकका सहसंयोजक माधवकुमार नेपालले पनि आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकता कार्यलाई निष्पक्ष रूपमा टुंग्याइने बताएका छन् । नेता हिमाल शर्माका अनुसार, दुवै शीर्ष नेताले पछिल्लो राजनीतिक परिस्थिति, वामपन्थी घटकबीच बढ्दो सहकार्यको आवश्यकता तथा एकीकृत पार्टीलाई थप सुदृढ बनाउनुपर्ने विषयमा विस्तृत ब्रिफिङ गरेका थिए ।

गत कात्तिक १९ गते भृकुटीमण्डपमा आयोजित सभा मार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटक एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषण भएको थियो । सोही सभाले प्रचण्डलाई संयोजक र माधव नेपाललाई सहसंयोजकका रूपमा चयन गरेको थियो । तर एक महिना बितिसक्दा पनि केन्द्रीय समिति पूर्णरूपमा गठन हुन नसक्नु तथा नेताहरूबीच कार्यविभाजन टुंगिन बाँकी रहनुले एकता प्रक्रियामा केही ढिलाइ भएको देखिएको छ ।

बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा पुस ५ गते भृकुटीमण्डपमै गर्ने निर्णय गरेको छ । सो अवसरमा जनवर्गीय संगठन, पेसागत तथा जातीय मोर्चा लगायत तीनवटै प्रदेशबाट करिब एक लाख सहभागी भेला हुने अपेक्षा गरिएको नेता शर्माले बताए । उक्त सभाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत प्राप्त भइसकेको छ ।

नेकपाले सुरू गरेको एकता सन्देश सभा श्रृंखला हाल विभिन्न प्रदेशमा जारी छ । मंसिर १२ गते सुदूरपश्चिमबाट सुरु भएको कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, मधेस तथा प्रवासमा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको कर्णाली प्रदेशमा मंसिर २७ गते सभा आयोजना हुने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE