श्रावण ३० गते, २०७५ बुधवार 15th August, 2018 Wed१०:२३:१७ मा प्रकाशित
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन् ।
देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार मङ्गलवार एक अमेरिकी डलर बराबर ११२ दशमलव २० रुपैयाँमा झरेको छ ।
टर्कीको मुद्रा लिराको गिरावटका कारण उत्पन्न त्रासले भारतसहितका उदाउँदा अर्थतन्त्रका मुद्रामा परेको असरले नेपाली रुपैयाँमा पनि प्रभाव परेको बताइएको छ ।
नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय प्रणालीमा बाँधिएको छ ।
अमेरिकासँग तनाव बढ्दै गएपछि टर्कीको लिराको भाउमा आएको गिरावटका कारण आज भारुले एशियाली मुद्राहरूमध्ये सबैभन्दा खराब प्रदर्शन गर्यो ।
एक डलरको तुलनामा भारु ७०.०७ को विन्दुमा पुगेको छ जुन अहिलेसम्मकै न्यून हो। त्यसकै सीधा प्रभाव नेपाली रुपैयाँमा परेको छ ।
अमेरिका र टर्कीको तनाव कायम रहे नेपाली मुद्रामा लामो समय प्रभाव रहिरहन सक्ने नेपाल राष्ट्र ब्याङ्कका एक वरिष्ठ अधिकारी बताउँछन् ।
राष्ट्र ब्याङ्कका विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना भन्छन्, \'यही कारणले लामो समय जाँदैन। तर यो बिग्रिँदै गयो, टर्की र अमेरिकाबीच व्यापार युद्ध नै भयो र व्यापारको लहर रूसतिर मोडियो भने त्यसले दीर्घकालिन असर पार्नसक्छ।\'
पछिल्ला तथ्याङ्कहरूले भने अमेरिकी अर्थतन्त्रले मुद्रास्फीति बाहेकका अन्य सूचकहरूमा राम्रो प्रदर्शन गरिरहेको र उसको माग उच्च रहेको देखाएका छन् ।
तर आफ्नो व्यापार र उद्योगको एउटा ठूलो हिस्सा टर्कीमा राखेका युरोपेली मुलुकका मुख्य मुद्रा युरो र पाउन्ड स्टर्लिङको पनि अवमूल्यन भइरहेको छ ।
यद्यपि यो उतारचढाव नेपालको नियन्त्रणमा नरहेकाले उसले फाइदाका क्षेत्रहरू पहिचानमा जोड दिनुपर्ने अर्थशास्त्रीहरू बताउँछन् ।
अर्थशास्त्री केशव आचार्यको भन्छन्, \'नत्र यसले जनतालाई महँगी, सरकारलाई विदेशीको ऋण र डलरमै खरिद हुने विद्युत्को मूल्यसम्ममा असर पारेर व्यापार घाटाको अवस्था झनै दयनीय हुनसक्छ।\'
निर्यातलाई प्रोत्साहन दिनसकिने क्षेत्रमा सरकारले त्यसो गर्नुपर्ने र आयात घटाउनेबारे सोच्नुपर्ने उनीहरूको मान्यता छ।
अहिले विदेशमा रहेका नेपालीहरूले पठाउने विप्रेषण आय (रेमिट्यान्स) यस्तै बेला बढी भित्रने प्रवृत्ति रहेकोले त्यसले नेपाललाई फाइदा हुनसक्ने अर्थशास्त्रीहरूको धारणा छ ।
राष्ट्र ब्याङ्कसँग समेत अहिले डलर सञ्चयको अवस्था बलियो रहेकोले तत्काल धेरै चिन्तित नहुनुपर्ने उनीहरूको भनाइ पाइन्छ ।
तर विप्रेषण कमजोर भएको अवस्थामा यस्तो अवमूल्यनले नेपालको अर्थतन्त्रलाई फाइदा नगर्ने उनीहरू बताउँछन् ।
अर्थशास्त्री शंकर शर्मा भन्छन्, \'यसले धेरै नकारात्मक प्रभाव भन्दा थोरै सकारात्मक प्रभाव पार्छ भन्ने मलाई लाग्छ। अहिलेको परिवर्तन निकै ठूलो पनि होइन ।\'
यस्तो बेला भारतसँग रहेको नेपालको मुद्रा अनुबन्धनलाई लिएर पुर्नविचार गर्नुपर्ने कुराहरू उठ्ने गर्छन् ।
तर भारतसँग रहेको ठूलो व्यापार र अनौपचारिक अर्थतन्त्रले गर्दा त्यसो गर्नु झन् बढी प्रत्युत्पादक हुनसक्ने एकथरी विज्ञहरू बताउँछन् । बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: