Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

क्याथोलिक गिर्जाघरमा सयौँ किशोरीहरूको यौनशोषण भएकाे खुलासा

अमेरिकाको पेन्सिल्भेनियाका अधिकारीहरूले त्यहाँको रोमन क्याथलिक गिर्जाघरले वर्षौँदेखि बालबालिकामाथि हुँदै आएको यौनशोषणका सयौँ घटनाहरू ढाकछोप गर्न खोजेको बताएका छन् । एउटा बृहत् न्यायिक समितिले छानबिनपछि तीन सय इसाई क्लर्जी र एक धर्मगुरुको पनि नाम उल्लेख गरी १४ सय पृष्ठको प्रतिवेदन प्रकाशित गरेको छ । सो प्रतिवेदनमा छवटा धार्मिक प्रदेशका एक हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरू उनीहरूबाट यौन उत्पीडनको सिकार भएको जनाइएको छ । उजुर परेका कतिपय घटनाका कागजपत्र हराएको र केही पीडितहरू मुद्दा दायर गर्न डराएका कारण वास्तविक पीडितको सङ्ख्या निकै धेरै हुन सक्ने एउटा न्यायिक समितिले बताएको छ । पीडितहरूलाई नङ्ग्याउने, पिट्ने र बलात्कार गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । अठार महिनाका बच्चादेखि किशोरीहरू गिर्जाघरका क्लर्जी र धर्मगुरुको दुर्व्यवहारमा परेको विवरण सो समितिले दुईवर्षे अनुसन्धानको क्रममा भेटिएको छ । तर त्यस्ता घटना र तिनमा संलग्न क्लर्जी तथा धर्मगुरुका गतिविधिहरू लुकाउने र कसैले विरोध गरे भनेपनि उनीहरूको बचाउमा गिर्जाघरका उच्चपदस्थअधिकारीहरू लागेको बृहत् इजलासको आरोप छ । निकै लामो समयअघिका कैयौँ मुद्दाहरूमाथि कानुनी कारबाही गर्न गाह्रो भएको अधिकारीहरूको भनाइ छ । पेन्सिल्भेनिया राज्यका महान्यायाधिवक्ता जोस साफिरोले बालबालिकाको यौनशोषणलाई गिर्जाघरका अधिकारीहरूले निरन्तर र जानीजानी खेल वा कुस्ती भनी हल्का रूपमा टिप्पणी गरेको बताएकी छन् । धेरै पीडितहरूका अनुसार लट्ठाउने औषधि दिएर वा अरू किसिमले प्रभावित पारेर उनीहरूको शोषण गरिएको थियो। केहीले आफूसँग दुर्व्यवहार भएको कुरा परिवारका सदस्यलाई सुनाउँदा उल्टै कुटाइ खानुपरेको बताएका छन् । पेन्सिल्भेनियामा झन्डै ३० लाख क्याथोलिकहरू बसोबास गर्छन् । सो प्रतिवेदनमा सयौँ व्यक्तिको नाम उल्लेख गरिएको छ। तर संवैधानिक अधिकार उल्लङ्घन हुने भन्दै केही नाममा संशोधन गरिएको छ । महान्यायाधिवक्ता जोस साफिरोले ती संशोधित नामहरू हटाइने बताएका छन् । तर सरकारी अधिकारीहरूले भने अनुसन्धान जारी रहेको र अझ धेरै मुद्दाहरू बाहिर आउन सक्ने जनाएका छन् । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending