Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि फेरि बहसमा

नयाँदिल्ली । रतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी आरुषी र घरेलु कामदार हेमराज बन्जाडेको हत्यामा राजेश र नुपुर तलवार दम्पतीलाई सफाइ दिएको थियो । अाजकाे कान्तिपु दैनिकमा याे खबर छ - सर्वोच्चको उक्त निर्णयसँगै बहुचर्चित प्रकरणमाथि करिब एक दशकपछि पुन: बहस हुने भएको छ । गत शुक्रबार न्यायाधीश रञ्जन गोगोईको इजलासले हेमराजकी पत्नी खेमकला र सीबीआई दुवैको निवेदन स्विकार्दै एकसाथ हेर्न आदेश दिएको हो । तलवार दम्पतीलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सीबीआईले गत ८ मार्चमा निवेदन दिएको थियो । खेमकलाले पनि यसअघि नै निवेदन दिएकी थिइन् । १६ मे २००८ को रात नयाँदिल्लीको नोयडास्थित घरमा डा. राजेश तलवार र नुपुरकी १४ वर्षीया छोरी आरुषीको घाँटी रेटेर हत्या भएको थियो । सुरुमा प्रहरीले हत्या सोही घरमा बस्दै आएका ४५ वर्षीय नेपाली नागरिक हेमराजले गरेको आशंका गरेको थियो । तर, भोलिपल्टै हेमराजको लाससमेत तलवार निवासकै छतमा बरामद भएपछि हत्याकाण्ड रहस्यमय बन्न पुग्यो । घटनाको अनुसन्धान सुरुमा नोयडा प्रहरीले गरे पनि पछि सीबीआईले जिम्मा लिएको थियो । सीबीआईको पहिलो टोलीले छानबिन टुंगोमा पुर्‍याउन नसकेपछि अनुसन्धान गर्न अर्को विशेष टोली गठन गरिएको थियो । पछिल्लो टोलीकै अनुसन्धानलाई आधार बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अन्तिम फैसला गर्दै गाजियाबादस्थित सीबीआईको विशेष अदालतले आरुषी र घरमा काम गर्न बसेका बन्जाडेको हत्यामा तलवार दम्पतीलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो । तर इलाहाबाद उच्च अदालतले उक्त फैसला खारेज गर्दै तलवार दम्पतीलाई सफाइ दिएको थियो । अदालतको उक्त निर्णयसँगै करिब चार वर्ष कैद भुक्तान गरेर अक्टोबर २०१७ मा तलवार दम्पती जेलमुक्त भएका थिए । उच्च अदालतले आफ्नो फैसलामा सीबीआईले निर्दोष ठहर गरेका कृष्ण थापा र राजकुमारलाई शंकाको घेरामा तानेको थियो । उक्त फैसला पूर्वाग्रही रहेको भन्दै दिल्लीस्थित नेपाली समुदाय र संगठनले विरोध गर्दै आएका थिए । ‘इलाहाबाद उच्च अदालतको निर्णय पूर्वाग्रही थियो । फैसलामा कृष्ण थापा र राजकुमारलाई शंकाको घेराभित्र राखिएको छ । जबकि सीबीआईले कुनै आरोप लगाएको छैन । अर्को कुरा सुनुवाइका बेला घटनाका सम्बन्धमा जानकारी राख्ने कुनै पनि नेपालीलाई बोलाइएन,’ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकुर खनालले भने । सर्वोच्चको पछिल्लो आदेश निकै सकारात्मक रहेको र निष्पक्ष फैसला आउनेमा विश्वस्त रहेको सचिव खनालले बताए । ‘अलाहाबादको फैसला पूर्वाग्रही छ । त्यसैले सर्वोच्चबाट निष्पक्ष फैसला आउने र नेपालीहरूमाथि गरिएको झूटो शंकाको निवारण हुने विश्वास छ’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy