Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

ईपीजी प्रतिवेदन कहिले बुझाउने

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)ले एक महिनाअघि तयार पारेको प्रतिवेदन अझै बुझाउन सकेको छैन। नेपाल–भारतबीच शान्ति तथा मैत्री सन्धिलगाायत अन्य सन्धि सम्झौता पुनरवलोकन गरी सुझाव दिन दुवै देशका सरकारको तहबाट ईपीजी गठन भएको थिय अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - असार १६ र १७ गते काठमाडौंमै बसेको ईपीजी बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएर दुवै देशका प्रधानमन्त्रीलाई संयुक्त रूपमा बुझाउने सहमति गरेको थियो। तर प्रतिवेदन तयार भएको महिना दिन बित्दासम्म ईपीजीले प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउन सकेको छैन। यसअघि ईपीजी सचिवालयको म्याद सकिनुअघि प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने बताइएको थियो। सचिवालयको म्याद साउन मसान्तमा सकिँदै छ। ईपीजीको पहिलो बैठक नेपालमा बसेको हुनाले शिष्टाचारका हिसाबले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन दुवै देशका समूहबीच समझदारी भए पनि भारतीय प्रधानमन्त्रीसँगको समय व्यवस्थापन हुन नसक्दा बुझाउन नसकिएको नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले प्रतिक्रिया दिए। ‘हामी दुवै पक्षले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने सहमति गरेका थियौं। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय अभावका कारण प्रतिवेदन हस्तान्तरण हुन सकेको छैन’, उनले भने। भारतीय प्रधानमन्त्रीसँगको समय व्यवस्थापनका लागि भारततर्फका संयोजक भगत कोसियारीले पहल गरेका छन्। ईपीजीका नेपाल समूहका अर्का सदस्य राजन भट्टराईले प्रतिवेदनमा नेपाली चासोका धेरै विषय रहेकाले पहिले भारतीय प्रधानमन्त्रीलाई नै बुझाउन खोजिएको बताए। ‘भारतका प्रधानमन्त्रीलाई पहिले, त्यसपछि यहाँ नेपालका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने योजना थियो’, भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीको समय नमिल्दा प्रतिवेदन हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ।’ भारतीय प्रधानमन्त्रीले समय उपलब्ध गराइनसकेको र ईपीजी सचिवालयको म्याद सकिन लाग्दासमेत प्रतिवेदन बुझाउन नसक्दा यसको औचित्यका विषयमा प्रश्न उठेको छ। तर परराष्ट्र मन्त्रालय दक्षिण एसिया शाखाका निर्देशक भृगु ढुंगानाले ईपीजी समूहले आफ्नो प्रतिवेदन तयार पारिसकेकाले प्रतिवेदन बुझाउने सन्दर्भमा सचिवालयको म्यादले असर नपार्ने बताए। उनले भने, ‘ईपीजी समूहले तोकिएकै समय सीमाभित्र आफ्नो काम सकेकाले प्रतिवेदन बुझाउने प्रक्रियामा सचिवालयको म्याद सकिनु–नसकिनुले फरक पार्दैन।’ तर परराष्ट्र मन्त्रालयकै अर्का एक अधिकारीले भने ईपीजीले तयार पारेको प्रतिवेदन समयमै बुझाउन नसक्दा राम्रो सन्देश नजाने बताए। ‘ईपीजीले आफ्नो प्रतिवेदन तयार पारे पनि सहमतिअनुसार दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण नगरेको अवस्थामा सचिवालयको म्याद सकिँदा राम्रो सन्देश जाँदैन’, ती अधिकारीले भने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण ढिलाइ भएको हो। नेपाल–भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई नेपालले असमान भन्दै आएको छ। शान्ति तथा मैत्री सन्धिको कुल १० धारामध्ये धारा २, ५, ६, ७ मा नेपाली पक्षले असहमति जनाउँदै आएको छ। सन्धिको पहिलो धाराले नेपाल र भारत दुवै देशले एकअर्काको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने कुरा उल्लेख गरे पनि धारा २ मा दुवै देशले अर्को कुनै अर्को देशसँग असमझदारी उत्पन्न भए एकअर्कालाई असमझदारीको विषयमा जानकारी गराउनुपर्ने उल्लेख छ। सन्धिको धारा ५ मा नेपाललाई आवश्यक पर्ने हातहतियार भारतबाट आयात गर्ने र तेस्रो देशबाट आयात गर्दा भारतलाई पूर्वजानकारी दिनुपर्ने उल्लेख छ। यस्तै धारा ६ र ७ मा दुवै देशका सरकारले आर्थिक, व्यापार र आवासका विषयमा दुवै देशका नागरिकलाई आफ्नै देशका नागरिकसरह व्यवहार गर्नुपर्ने व्यवस्था छ। उल्लिखित धारामध्ये २ र ५ नेपाललाई मात्रै बाध्यकारी रहेको र धारा ६ र ७ ले भारतीय जनसंख्याका हिसाबले नेपाललाई अप्ठ्यारो पार्ने नेपालले बताउँदै आएको थियो। तर ईपीजीले अहिले तयार पारेको प्रतिवेदनमा खुला सीमा नियमन गरी असमझदारीका विषय सल्टाउन सकिने कुरामा जोड दिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy