Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सेनाले खोल्यो वैकल्पिक बाटो

बेंसीसहर । निरन्तरको बाढी र पहिरोले मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध बनेपछि नेपाली सेनाले वैकल्पिक बाटो निर्माण गरेको छ । मनाङमा रहेको रणदल गुल्मका सेनानी दिलीप घलेको नेतृत्वमा ३५ जनाको टोलीले उक्त बाटो निर्माण गरेको हो । घलेले मस्र्याङ्दीको कटानले सडक बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएकाले बाटो निर्माण गरिएको बताए । सेनाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै ५ सय मिटर सडक निर्माण गरेको हो । पहिरो गएको सडकभन्दा २ सय मिटर माथि वैकल्पिक बाटो निर्माण गरिएको घलेले जानकारी दिए । अाजकाे अन्नपुर्ण दैनिकमा याे खबर छ - पहिरोले बगाएपछि ५ दिनदेखि उक्त सडक बन्द भएको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेले बताए । उनका अनुसार दुई वटा जेसीभीले मस्र्याङ्दीको कटान पन्छाउनुका साथै ढुंगा हटाउने काम थालिएको छ । जतिसक्दो चाँडो सडक खुलाउने तयारीमा जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी र सेना लागिपरेको घलेले बताए । करिब डेढ सय मिटर सडक बगाएको पहिरोले त्रिचुङाल्डाका १२ घर उच्च जोखिममा छ । नजिकै पहिरो गएकाले कोतो गाउँसमेत जोखिममा परेको घलेले बताए । पहिरोले बाटो अवरुद्ध बनेपछि कोतो क्षेत्रबाट विद्यार्थी पढ्न आउन नसकेका चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेशकुमार थापाले बताए । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक खड्काबहादुर खत्रीका अनुसार सडक खुलाउन कम्तीमा एक साता लाग्ने छ । पहिरोले सडक बगाएपछि यात्रुहरू मर्कामा परेका छन् । बेंसीसहर–चामे सडकमा खसेको पहिरो र बाढीले स्थानीयलाई मात्रै नभएर चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकसमेतलाई समस्यामा पारेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy