Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

निर्मला बलात्कार हत्या प्रकरणः पक्राउ परेका विष्ट 'निर्दोष'

कञ्चनपुर ।\'तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।\' महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् \'मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।\' आजको नागरिक दैनिकमा यो खबर छ - उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छ । महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् । \'खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।\' वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् । झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् । दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए । प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, \'मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो ।\' सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending