Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री

काठमाडाैं । व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । अाजकाे नागरिक दैनिकमा याे खबर छ - खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्। कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् । अधिकांशले खानी दर्ता गरी खल्तीमा राखेर बिक्री खुला गरेका छन् । सके सेयर लिएर खानी चलाउने नसके बेचेर मोटो रकम लिने शैलीमा उनीहरू बिक्रीका लागि बिचौलिया लिएर हिँडिरहेका छन्। खानी सञ्चालन गर्ने वित्तीय र प्राविधिक कुनै क्षमता नभएकासमेतको नाममा खानी दर्ता हुनुले यस क्षेत्रमा नीतिगत र आर्थिक भ्रष्टाचार मौलाएको छ । खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार कानुनी तरिकाले खानी कब्जा गर्न जिम्मेवार भनिएका राजनीतिक दलका नेतादेखि उच्च सरकारी कर्मचारीसमेत सक्रिय भएका छन्। विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ सम्ममा २६ वटा भिन्न खनिज निकाल्न चार सय ८४ स्थानमा अनुमति दिइएको छ । जसमध्ये एक सय २४ वटा सञ्चालनमा छन् भने बाँकी ३६० ले खनिज खोजीका लागि भन्दै लाइसेन्स लिएर बसेका छन् । लाइसेन्स लिएकामध्ये दुई सय २१ वटा व्यक्तिका नाममा छन् । जसमध्ये २१ वटा मात्र सञ्चालनमा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending