Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि स्थानीय आक्रोशित

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो रु मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार ग(यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नुभएन । किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ । आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ । प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ । प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ । तर, मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन । त्यस्तै, आफैँ पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन । तीन सातापछि प्रहरीले घटनास्थलबाट एउटा कन्डम र एउटा खल्तीको टुक्रा बरामद गरेको दाबी गरेको छ । बलात्कार र हत्या गर्ने कुनै पनि पुरुष कन्डम बोकेर हिँड्छ भन्नेमा पनि शंका छ । त्यस्तै, अहिले भेटेको खल्तीको टुक्रामा कहीँकतै धुलो नलागेकाले प्रहरीले भर्खरै आफैँ फालेर नक्कली प्रमाणका रूपमा प्रस्तुत गर्न खोजेको स्थानीयको दाबी छ । तर, अहिले आएर अनेक प्रमाण जुटाउन खोज्ने प्रहरीले घटनाको दिन भने पर्याप्त संवेदनशीलता नदेखाएकोमा पनि स्थानीय आक्रोशित छन् । बालिका हराएकै दिन अभिभावक प्रहरी चौकीमा गएका थिए, तर प्रहरीले भोलि खोजौँला भनेर रिपोर्ट पनि लिन मानेन । भोलिपल्ट स्थानीयले निर्मलाको साइकल भेटे, वरपर खोज्दा निर्मलाको शव फेला प(यो । तर, नगरपालिकाका मेयर पनि उपस्थित हुनुपर्ने माग भएपछि प्रहरीले शव नै छाडेर हिँडेको थियो । स्थानीय अगुवाले सिडिओलाई सीधै फोन गरेपछि मात्र फर्किएको प्रहरीले शव लिएर गएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy