Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्थानीय तहले खर्च विवरण बुझाएनन्

बैतडी। कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताए ।साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उनको भनाइ थियो । कार्यालय प्रमुख जोशीले भने, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् । गाउँपालिकामा तालाबन्दी सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । गत असारमै आर्थिक वर्ष ०७४÷७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन महिनाको शुरुदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दै आएकामा बेवास्था गरिएकाले तालाबन्दी गर्न बाध्य भएको सुर्नया कृषि अभियान युवा क्लबका अध्यक्ष नरेश बिष्टले बताए । यसअघि उक्त क्लबले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरी युवाका माग गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरे पनि गाँउपालिकाले आगामी आव ०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा शब्दसमेत उल्लेख नभएको युवाले बताएका छन् । गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारीका तर्फबाट जवाफ दिने प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ३५ दिने तालीमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको उनले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending