Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

प्रधानमन्त्री कप: सन्दीपको सात विकेटसँगै बागमतीको सानदार जित

खबरडबली संवाददाता

काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ । 

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले कर्णालीलाई ६० रनले हराएको हो । जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो ।

कर्णालीका लागि सनश्चल रावलले सर्वाधिक ३१ रन बनाए। यस्तै दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र कप्तान दिवान पुनले १० रन बनाए। 

बलिङमा बागमतीका कप्तान सन्दीपले ९।१ ओभरका मात्र ४० रन खर्चिएर सात विकेट लिनुभएको हो । रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एक एक विकेट लिए। 

यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ३८।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ५६ रन बनाए।

यस्तै इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम् तिवारीले १८ रन बनाउनुभयो । बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिनुभयो ।

यस्तै प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले दुई दुई विकेट लिए। यससँगै पाँचौँ खेलमा दोस्रो जित निकालेको बागमतीले चार अङ्क बनाएको छ । पराजित कर्णालीको समान खेलबाट तीन अङ्क छ ।

यस्तै वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनीले विभागीय टोली एपिएफ क्बललाई सुपर ओभरमा हरायो । जितका लागि एपिएफले दिएको एक सय २५ रनको लक्ष्य पछयाउने क्रममा लुम्बिनीले ३५ ओभरका सबै विकेटको क्षतिमा एक सय २४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ३९।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रनको योगफल खडा गरेको थियो । जितसँगै लुम्बिनीले पाँच खेलबाट पाँच नै अङ्क बनाएको छ । एपिएफको समान खेलबाट तीन अङ्क छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending