Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

हरेक दिन ‘सारेगमपधनिसा’को धुन गुञ्जिने ठाउँ सुनसान भएपछि...

बाँके। जहाँ हरेक दिन ‘सारेगमपधनिसा’ को धुन गुञ्जिथ्यो । विसं २०२८ मा स्थापना भएको नेपालगञ्ज–१३ मा रहेको सरस्वती सङ्गीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका सङ्गीत गुरु थिए । सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको सङ्गीतालयमा गीतसङ्गीतका धुन बज्न छाडेका छन् । सङ्गीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सुमधुर गीतसङ्गीतका धुन गुञ्जिने सङ्गीतालय सुनसान छ । सङ्गीतकार शर्माको अगुवाइमा स्थापना भएको सङ्गीतालयमा द्वन्द्वकालीन समयदेखि नै यहाँ सङ्गीत गुञ्जिन छाडेको छ । शर्माको निधनपछि सङ्गीतालय अस्तव्यवस्त छ । विसं २०५६ मा गठित सङ्गीतालय व्यवस्थापन समितिले काम गर्न नसक्दा सङ्गीतालयमा कुनै सङ्गीत गुञ्जिएको छैन । सङ्गीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सङ्गीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा भन्छन्, “विगतमा सङ्गीतालयले धेरै सङ्गीतकर्मी सिर्जना गरेको भए पनि अहिले कसैले पनि गुरु स्थललाई फर्केर हेरेका छैनन् ।” नयाँ पुस्ता सङ्गीत सिक्न आकर्षित भए पनि सङ्गीतालय नै बन्द भएपछि सङ्गीतको रौनकमा रम्न चाहने युवा बरालिन थालेका छन् । हार्मोनियममा राम्रो दख्खल भएका नेपालगञ्ज–१० का युवा मिलनप्रकाश श्रेष्ठ भन्छन्, “सङ्गीतालय सञ्चालन गर्ने चाहना छ तर सङ्गीतालयको अवस्था जीर्ण रहेको र पुराना सामग्री नभएकाले समस्या देखिएको छ ।” स्थानीयका अनुसार विगतमा जस्तै दर्जन बढी सङ्गीत सिक्न पाइने सङ्गीतालयमा सङ्गीत प्रशिक्षण सञ्चालन भए धेरै युवा कुलतबाट जोगिने र समय बिताउन सजिलो हुने थियो । व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफूहरुले सङ्गीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहीँकतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको हो । व्यवस्थापन नहुँदा सङ्गीतालयमा रहेका करीब रु पाँच लाख मूल्य बराबरका सामग्री हराएका छन् भने सामग्री कसले लगेको हो भन्ने पहिचान नभएको अध्यक्ष शर्माले बताए । अहिले सङ्गीतालयको भवनसमेत जीर्ण बनेको छ । वर्षायाममा छतबाट पानी चुहिनुका साथै भवनका भित्ता चर्किएका छन् । द्वन्द्वकालमा बन्द भएको सङ्गीतालय आर्थिक अभावका कारण भत्किँने अवस्थामा पुगेको छ । सरकारी पक्षले समेत बेवास्ता गरेको छ । सङ्गीतप्रेमी युवा सङ्गीत सिक्न आउने गरेको भए पनि सङ्गीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेका छन् । त्यसो त गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानूनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही सङ्गीतालयबाट साङ्गीतिक धनुमा ताँदो लगाएको हो । उनी कानूनमा प्रविणता तहको अध्ययन गर्ने क्रममा नेपालगञ्जमा बस्दा यही सङ्गीतालयबाट सङ्गीत सिकेका थिए । नेपालगञ्जका सङ्गीतकार दीपक सल्मानी, दिलीप परियार, सीता गुरुङ, कन्हैयासिंह, विनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्ती पनि यहाँकै उत्पादनभित्र पर्दछन् । सङ्गीत साधकको सिक्ने थलोका रुपमा स्थापना भएको सङ्गीतालय अहिले एउटा ‘घर’मा परिणत भएको छ । अहिलेको समयमा व्यक्तिगतरुपमा कैयौँ सङ्गीतालय स्थापना भए पनि समुदायको पहलमा स्थापित सरस्वती सङ्गीतालयलाई पुनःसञ्चालन गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy