Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

रूसमा उडान भर्न ‘उच्च जोखिम’ इयू उड्ययन सुरक्षा निकाय

खबरडबली संवाददाता

पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको छ । 

इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, “द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ ।” इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिस लाई पुनः नवीकरण गरेको छ । 

रूसले युरोपेली सङ्घ (इयू) का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दावी गरेका छन् । 

रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ । इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान संचालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ । बुलेटिनमा भनिएको छ, “ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासङ्घले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन् । 

“सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैं यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवा आयोगमा भागवतप्रसाद शर्मा नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेका छन् ...

सञ्चारमन्त्री खरेलद्वारा एआई केन्द्र उद्घाटन

काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रा...

मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णय सार्वजनिक

काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ ।  बैठकका निर्णयबारे सञ्चा...

दानबहादुर कार्की नेपाल प्रहरीका ३३ औं महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३३ औं नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेपाल प्...

विवादित मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको ...

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदन...

निर्वाचनकाे तयारीमा स्थानीय सरकारकाे भूमिका निर्णायक: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफल बनाउन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सुदृढ समन...

अख्तियारद्वारा अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा...

लुम्बिनीमा आगामी मंसिर ८ बाट हिउँदे अधिवेशन

दाङ ।  लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् ब...

उदयपुरमा विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते

उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending