Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

तेस्रो मिस्टर बुल्समेन रास्ट्रिय प्रतियोगिता पाेखरामा हुँदै

धरान । स्वास्थ्यका लागि शारिरिक व्यायाम अत्यन्त जरुरी छ । शरिरलाई स्वस्थ र फुर्तिलो बनाई राख्नका लागि मानिसहरु विभिन्न प्रकारका खेल साथै व्यायामहरु गर्दछन् । विहानिको दौड,फुटवल ,भलिवल ,योगा र अन्य शारिरिक रुपमा स्वस्थ रहने कृयाकलाप निरन्तर गरिरहन्छन् । यसै क्रममा धरान फिटनेस १ नं. प्रदेश धरान सुन्दर नगरी उपमहानगरपालिकाकी साहासी जुझारु युवा महिला अञ्जना राई,टीका लिम्बू र झुना राई प्रदेशकै प्रतिनिधित्व गर्दै भाद्र १५-१६ मा पर्यटकिय नगरी पोखरामा हुन गइरहेको शारिरिक सुगठन तेस्रो मिस्टर बुल्समेन खुल्ला रास्ट्रिय शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनसीप (२०७५) प्रतियोगिता खेल खेल्न अन्तिम तयारी पूरा भइसकेको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"202876,202877\"] शारीरिक सुगठनमा ८० केजी तौलमा मिस्टर नेपाल उपाधिका पुर्व विजेता नेपालीको राष्ट्रिय खेलाडी मिस्टर तोण बहादुर भुजेल (पारस)ले खेलाडीहरुको मन भावना बुझाएका छन् ।  अहिले नेपालमा महिलाहरुले शारीरिक सुगठन जस्तो कष्टपुर्ण खर्चालु खेल धान्न सक्ने अबस्था छ त भन्ने प्रश्नमा पारसले जवाफमा भनेका छन् \'नेपाल र नेपाली अहिले आफ्नो स्वास्थको लागि कुनैपनि कन्जुसाई नगरी अवस्था समय मिलाएर जुन सुकै प्रकारको खेल वा शरीर ताजकी फुर्तिलो र स्वास्थ बनाई राख्न खेल खेल्न थालेका छन् ।  यसको उदाहरणको लागि धराने चेलीहरुलाई लिन सकिन्छ\' । के सोची राख्नु भएको छ एउटा कोच हुनुको नाताले नतिजा हात पर्ला त भन्ने अर्काे प्रश्नमा पारस भन्छन् -\' हेरौं , नजिता के आउँछ त्यो ठुलो विषय होइन, विषय के हो भने अहिले महिला खेलाडीलाई हेर्ने दृष्टिकोण जे छ त्यसलाई बदल्न यसले थप बल पुग्ने छ । घरबाट बाहिर निस्कने र समाजमा सामाजिक काम गर्न महिलाहरुलाई उर्जा थपिनेछ । जहाँ सम्म नजिताको कुरा छ खेल हार जित भईरहन्छ तर पोखराको फेवातालमा भिष्ण छाल हान्ने छन् यी त्रिमुर्ती महिलाहरुले र मेरो पोखरा र बुल्समेन कल्ब सगंको पुरानो सहयात्रा अघि बढ्ने छ । मेरा पुराना साथीहरू संगको पुनर्मिलन संगै यो अझ खुसीको क्षण बन्ने छ\' । पारसले थपे \'बुल्समेनले खेल र खेलाडी प्रति गर्ने माया चासो र चिन्ताका लागि धन्यवाद दिन चाहान्छु । बुल्समेन कप चार नम्बर प्रदेशको गहना हो ।यसका सदस्य मित्रहरु सरल, सहनसिल, मिलनसार साथै गतिवान छन्\' । देशैभरका सामाजिक गतिविधिमा बुल्समेनले देखाएको सक्रीयता र नेतृत्वदायी भुमिका प्रशंसनीय योग्य छ । यस अर्थमा यसको एक सदस्यको नाताले आफुलाइ गौरवाम्वित महसुस गर्दछु । अन्त्यमा पारसले भने \'यस खेल खेल्न पाल्नुभएकाे सम्पुर्ण खेलाडि मित्रताहरूलाइ  पुर्ण सफलताको कामना सहित समग्र बुल्समेन कपकाे सफलताकाे शुभकामना व्यक्त गर्दछु\'  । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"202852\"]
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy