Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

नगरपालिकाले घटायो कर, यी १५ प्रकारका व्यवसायीले कर तीर्नु नपर्ने

बागलुङ। बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो । गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात हजार कर लिइएकामा चालु आवमा रु। पाँच हजार ५०० तोकिएको छ । त्यस्तै अफसेट प्रेसको रु १० हजारबाट रु सात हजार, बस, ट्रक बिक्रीमा रु १२ हजारबाट १० हजार कायम गरिएको छ भने गाईभैसी फार्ममा रु एक हजार ५०० लिने गरिएकामा अहिले रु एक हजार बनाइएको छ । कपडा तथा छाला जुत्ता मर्मत, सिलाइ केन्द्र, स्वदेशी शैलुन, पोल्टी फार्म, कपास ‘रिसाइक्लिङ’ मा पनि कर घटाइएकोे छ । जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कर घटाइएको नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्काले बताए । नगरसभाको निर्णयअनुसार गत आवमा तोकिएको करलाई समायोजन गरिएको उनको भनाइ थियो । नगरपालिकाले कतिपय व्यवसायमा भने चालु आवमा कर वृद्धि गरेको छ । तेह्र प्रकारका व्यवसायमा गत वर्षको तुलनामा यो वर्ष कर बढाइएको हो । सबैखाले उत्पादनका वितरक, डिलर, फेसन, ज्वेलर्स, रङ्गरोगन, सीसा, प्लाइ, फेन्सी, कपडा तथा छाला जुत्ता, ग्रील उद्योग, मदिरा फलफूल तथा तरकारी, पशुपंक्षी दाना पसल लगायतमा पनि कर बढेको छ । स्थानीय तहले करको बोझ बढेको गुनासो बढिरहेको बेला उक्त नगरपालिकाले भने केही राहत दिलाउने काम गरेको छ । सर्वसाधारणको मनोभावना बुझेर सेवा तथा सिफारिशलाई निःशुल्क बनाइएको उपप्रमुख खड्काले बताए । “बाहिर सुनिएजस्तो गरी करको बोझ थपिएको छैन,” उनले भने, “कर प्रणालीलाई प्रगतिशील बनाउनतिर लाग्छौँ ।” व्यवसायीसँग समन्वय गरेर नै करलाई व्यवस्थित गरिने जानकारी दिँदै नगर प्रमुख जनकराज पौडेलले नगरपालिकाले उठाउने करको केही हिस्सा व्यवसायीकै हितमा प्रयोग भइरहेको उल्लेख गरे। उनले भने, “कर वृद्धिमा भन्दा दायरा बढाउनेतिर हाम्रो जोड छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले भने नगरपालिकाले अनावश्यक रूपमा कर बढाएको आरोप लगाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy