काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
दासढुङ्गामा अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दासढुंगामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्यांकरलाई ठक्कर दिएको थियो।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए। अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनापछि बस र ट्यांकरका चालक फरार रहेका छन्।
त्यसैगरी घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको इभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन्।
दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्रका सदस्यहरू सवार थिए। सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...
चैत्र १८ गते, २०८२ - १९:४६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...
चैत्र १८ गते, २०८२ - १९:३९
काठमाडौँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...
चैत्र १८ गते, २०८२ - १९:२७
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...


प्रतिकृया लेख्नुहोस्: