निर्मला पन्त बलात्कार प्रकरणः रोशनी र बबिता पक्राउ
भाद्र ९ गते, २०७५ शनिवार 25th August, 2018 Sat१४:१९:१२ मा प्रकाशित
भीमदत्तनगर। १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संग्लनताको आशंकामा प्रहरीले निर्मलाकी साथी भनिएकाी १४ वर्षीया रोशनी बम र उनकी दिदी १९ वर्षीया बबिता बमलाई पक्राउ गरेको छ ।
साउन १० गते निर्मला साथी रोशनीको घरमा गृहकार्य गर्न र नोटबुक लिनका लागि गएकी तर राती अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलि पल्ट ९साउन ११० गते उखुबारीमा उनको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्याको आशंकामा बम दिदीबहिनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयले पनि बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । बम दिदीबहिनीका बुबाआमा दार्चुला रहेकाले दुई तले घरमा उनीहरु एक्लै बस्ने गरेको स्थानीयहरु बताउँछन् ।
स्थानीयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आएका छन् ।
निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म छोरी नफर्किएपछि रोशनीको घरमा गएकी तर छोरीको बारेमा रोशनीसँग सोधखोज गर्दा उनकी दिदी बविताले आफूलाई हकारेको दुर्गाको भनाई छ । ‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छौँ’ दुर्गाले भनिन्, ‘कतै पोइला गई कि रु आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’
छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उनले बताइन । ‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भनिन्, ‘भित्र हेर्न त मन थियो तर बबिताले हकारेपछि त्यसै फर्किएँ ।’
फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उनी फेरि छिमेकीसँग रोशनीको घर पुग्नुभयो । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उनले रोशनीको घरमा निर्मला भए नभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा सहयोगका लागि गएकी तर प्रहरीले पनि सहयोग नगरेको उनको गुनासो छ ।
‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उनले भनिन, ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् ।
उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी र बबिता घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: