काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेख (रेकर्ड)बाट हटाउन माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को–को अस्पताल पुग्नुभएको थियोरु’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसपछि धारणा राख्दै सांसद शर्माले संसद्ले सरकारसँग जवाफ माग्नु आफ्नो संवैधानिक दायित्व भएको उल्लेख गर्दै मन्त्रीको अभिव्यक्तिले सांसदहरूको सम्मानमा ठेस पुगेको बताए।
‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको हो भनेर सदनलाई जानकारी दिनुपर्छ। सांसदहरूले उठाएको विषयलाई “घाँटी सुक्नेगरी चिच्याएको” भन्न मिल्दैन,’ उनले भने।
शर्माले गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई सांसद र संसद्को गरिमामाथिको अपमानका रूपमा व्याख्या गर्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: