Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

निर्मला हत्या छानबीनमा प्रचण्ड अघी सरे, शून्यबाट अनुसन्धान हुने, अब के होला ?

काठमाडाैं । शनिबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा उपलब्ध प्रमुख नेताहरुसहित सचिवालयको आकस्मिक बैठक बोलायो । बैठकको विषय थियो– निर्मला हत्याकाण्डपछि सिर्जना भएको परिस्थिति । बैठकमा कञ्चनपुर घटनाका हरेक पक्षका बारेमा चर्चा भए । र, बैठकले घटनाको आशंकाको दायरामा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकाल्यो । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"197389\"] यसका पछाडि अध्यक्ष प्रचण्डले खेलेको भूमिका प्रमुख थियो । शुक्रबार साँझ ७ बजे प्रचण्ड निवासमा निर्मला हत्याकाण्डकै बारेमा छलफल भएको थियो । सात नम्बर प्रदेशका पूर्व माओवादी केन्द्रका इन्चार्ज लेखराज भट्टसहित कञ्चनपुर जिल्लाका सांसद तथा नेताहरुको उपस्थिति थियो छलफलमा । उता कञ्चनपुरमा गोली लागेर एकजनाको मृत्यु भएको समाचार आइरहेको थियो । छलफलमा प्रचण्डले घटनाबारे सुरुदेखिको विवरण सुनाउन नेता भट्टसँग आग्रह गरे । त्यसपछि छलफलमा सहभागी सबैले यसबारेमा आ–आफ्ना धारणा राखे । निर्मला पन्त साथीको घरमा गएको देखि बम दिदी बहिनीहरुलाई अनुसन्धानमा सूत्रको रुपमा नलिइएको, प्रतिवेदन अविश्वसनीय रहेको, विरोधी तत्वहरुले आन्दोलनलाई सरकारविरोधी स्वरुप दिन खाजेको जस्ता कैयन पक्षमा चर्चा परिचर्चा भए । प्रचण्डले सबै कुरा सुने, सबै पक्षबाट विश्लेषणसहित आवश्यक जानकारी मागे । र, तत्कालै प्रधानमन्त्रीका स्वकीय सचिवलाई फोन गरे । प्रधानमन्त्री ओली क्याबिनेट बैठकमा रहेछन् । ‘कञ्चनपुरमा स्थिति नियन्त्रणबाहिर छ ।’ प्रचण्डले फोनमा सबै स्थिति वर्णन गर्दै भने, ‘गृहले मात्रै यो अवस्था नियन्त्रण गर्न सक्दैन, प्रधानमन्त्रीलाई नै तत्काल सबै कुरा समीक्षा गरेर थप पहल गर्न मेरो सन्देश पु¥याइदिनु ।’ उनले भने । कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो । कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो । र, आज शनिबार बिहान प्रचण्डले यही कुरा राखे बैठकमा । प्रधानमन्त्री ओलीले तत्कालै सहमति जनाए । उनले जिल्लामा सुरक्षा व्यवस्था कमाण्डमा चल्न नसकेको र विगतमा सुरक्षा प्रशासनले नै घटनालाई संवेदनशील ढंगले अनुसन्धान नगरेकोले स्थिति बल्झिएको बताउँदै तत्काल अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसँगै यसअघि अनुसन्धानको दायरामा नआएका बम दिदी बहिनीदेखि केही अन्यलाई प्रहरीले पक्राउ गरेको छ । गृहका उपसचित मैनालीले अब अनुसन्धान नयाँ शिराबाट शुरु हुने बताएका छन् । यसको अर्थ हो, अब शून्यबाट अनुसन्धान हुने छ । यद्यपी यो बीचमा कैयन् प्रमाणहरु नष्ट गरिएको हुनसक्ने अवस्था भने नभएको होइन । मैनालीका अनुसार, अब विगतमा चार्ज लिएका अनुसन्धान अधिकृतहरुमाथि समेत अनुसन्धान हुन सक्छ । स्थानीय चर्चाका अनुसार, प्रहरी अधिकृतकै परिवारका व्यक्तिहरुमाथि आशंका गरिएको छ । यद्यपी यो कुराको कुनै आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर बम दिदी बहिनीहरुका कैयन गतिविधि भने प्रत्यक्षरुपमा नै शंकाष्पद रहेको स्थानीय बताउँछन् । भट्ट नेताद्वयको अथक प्रयास प्रचण्डदेखि गृहमन्त्रीसम्म कञ्चनपुर घटनामा संवेदनशील बनाउन अथक प्रयास खेले नेता लेखराज भट्ट र दीपक भट्टले । दीपक घटना घटेको कञ्चनपुर क्षेत्र नं। ३ बाट संघीय संसदका सांसद हुन । दुबै नेताले यसअघि गृह मन्त्रीसँग पटक पटक भेटेर कञ्चनपुर घटनामा उच्चस्तरीय छानबीन समितिको माग गर्दै आएका थिए । यद्यपी गृहले भने निकै ढिला गरी मात्रै यसअघिका सुरक्षा र प्रशासनलाई फेर्ने निर्णय ग¥यो । त्यो पनि बुधबार साँझ प्रचण्ड र ओलीबीच भएको छलफलपछि प्राप्त निर्देशनका आधारमा मात्रै । त्यसअघि घटनालगत्तै मन्त्री बीना मगरको नेतृत्वको टोलीले समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । अब के होला ?  पछिल्लो विकसित भएको घटनाक्रमले बलात्कारविरुद्ध राष्ट्रिय आन्दोलनको जन्म दिएको छ । बलात्कारविरुद्ध कडा कानुनको मागदेखि प्रहरी प्रशासनले बलात्कारीलाई नै संरक्षण गर्न सक्ने किसिमको माहौल यतिखेर बनेको छ । ठीक यही बेला बानेश्वर प्रहरी वृत्तले समेत बलात्कार भएको भन्दै उजुरी गर्न आएकी युवतीसँग प्रमाण ल्याउ भनेर कार्वाही ढिला गरेको खबर सार्वजनिक भएपछि गृह मन्त्रालय निशानामा पर्नु स्वभाविकै पनि हो । निर्मला हत्याको विषय अहिले पनि रहस्यमा नै छ । कञ्चनपुरका गल्ली गल्ली र चोक चोकमा आ आफ्नै किसिमका आँकलन छन् । तर कोही पनि अभियुक्त भनेर प्रस्तुत गरिएका दिलिप विष्टलाई हत्यारा मान्न तयार छैनन् । छानबीन टोलीले नयाँ ढंगले अनुसन्धान गर्ने भनेको अवस्थामा अनुसन्धान अलि व्यापक हुने अनुमान गर्न सकिन्छ । खासगरी निर्मला पन्त बम बहिनीहरुको घरमा गएको, सोही साँझ निर्मलाकी आमा बमको घरमा जाँदा रुखो व्यवहार प्रस्तुत गरिएको र घरभित्र हेर्न नदिएको जस्ता कतिपय बयानले घटना अब नयाँ कोणतर्फ मोडिएको देख्न सकिन्छ । तर कानुनी कारबाहीका लागि भने चर्चा या बयान भन्दा पनि ठोस प्रमाण आवश्यक पर्ने भएकोले नयाँ छानबीन टोलीले ती प्रमाणहरु जुटाउन सक्ला या नसक्ला त्यो भने भविष्यको गर्भमा छ । तर घटनाका सबै सूत्रहरुलाई कडाईपूर्वक सूक्ष्मरुपमा अनुसन्धान गर्न सकिए निर्मलाले न्याय पाउनेमा आशा गर्न सकिने ठाउँ भने नभएको होइन । समाचार टिप्पणी ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy