Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

निर्मला पन्त बलात्कार प्रकरणः सर्वपक्षीय बैठकले गर्यो ४ निर्णय, के के हुन् ?

भीमदत्तनगर। १३ वर्षिया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई छानविन र कारबाहीको माग गर्दै भएको विरोध प्रदर्शनमामा एकजनाको मृत्यु, दर्जनौं घाइते र स्थिति तनावग्रस्त भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकले चारवटा निर्णय गरेको छ । कञ्चनपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी, प्रर्दशनकारी र सरकारी अधिकारी सहित उच्चस्तरीय छानबिन समितिको बैठकले निर्मला पन्त हत्याकाण्डमा प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणा, उचित क्षतिपूर्ती, घाइतेहरुको निशुल्क उपचार, आन्दोलनमा दमन र तोडफोड छानविन गर्न समिति गठन सरकारलाई आग्रह गर्ने र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिलाई सहयोग गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायका निर्णय गरेको छ । सर्वदलीय बैठकले बलात्कार र हत्यापछि वास्तविक अपराधीलार्इ पक्राउ गर्न र घटनाबारे उचित छानविनको माग गर्दै भएका प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणार उचित क्षतिपूर्तिका लागि स्थानीय, प्रदेश र संघीय तीनवटा सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै उक्त बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार र शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठ्यारो नपर्ने गरी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने दोस्रो निर्णय गरिएको बैठक पछि दिउँसो ३ बजे आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । निर्मला पन्त हत्याकाण्ड पछि भएको आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा तोडफोड, सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा हुनगएको क्षतिको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि अलग्गै समिति गठन गर्न गृह मन्त्रालय संग अनुरोध गर्ने तेस्रो निर्णय गरिएको छ । यस्तै उक्त हत्याकाण्डको निष्पक्ष छानबिनका लागि सहज वातावरण बनाउन पीडित पक्ष, आन्दोलनरत पक्ष, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, प्रशासन र राजनीतिक दलसँग आबद्ध सबैले सहयोग गर्ने र अब उपरान्त थप विरोधका कार्यक्रम समेत बन्द गर्न सबैलाई अपिल गर्ने निर्णय गरिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy