Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

अदालतद्वारा पत्रकारको फैसला एक साताका लागि स्थगन

यान्गुन। रोहिङ्ग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार सङ्कलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लङ्घनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ । राज्यको गोपनीयता कानुन उल्लङ्घनको मुद्दा खेपिरहेका दुबै पत्रकारको फैसला त्यहाँको एक अदालतले आज सुनाउने पूर्व निर्धारित तालिका थियो । गत डिसेम्बरदेखि नै रोयटर्सका पत्रकारहरु ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउ म्यान्मारमा कुख्यात इन्सेन जेलमा थुनामा छन् । पत्रकारको रिहाईको माग गर्दै विश्वभरबाट म्यान्मारमाथि दबाब बढेको छ । यी दुबै पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्व प्रभावित रखाइन राज्यमा मारिएका १० जना रोहिङ्ग्या मुस्लिमका बारेमा अनुसन्धान गरिरहेका थिए । उनीहरुलाई यान्गुनमा प्रहरीले खाना खान बोलाएको थियो । त्यही समयमा उनीहरुलाई केही कागजात दिइयो । त्यसपछि उनीहरुलाई पक्राउ गरियो । रखाइन राज्यमा सैनिक कारबाही सम्बन्धी गोप्य सामग्री राखेको आरोप उनीहरुमाथि लगाइयो । दुबै पत्रकारमाथि औपनिवेशिककालीन राज्य गोपनियता कानुन उल्लङ्घनको आरोप लागेको छ । यस्तो दस्ताबेज राखिए १४ वर्षको जेल सजाय हुन सक्दछ । अदालतको आदेशको पर्खाइमा कुटनीतिक व्यक्तिहरु, सञ्चारकर्मीहरु र शुभेच्छुकहरुको ठूलो भिड अदालतमा लागेको थियो । तर जिल्ला न्यायाधीश खिन माउङ माउङले संक्षिप्त सुनुवाई गर्दै मुख्य न्यायाधीश बिरामी भएकाले सेप्टेम्बर ३ मा मात्र आदेश सुनाइने जानकारी दिएका थिए । अदालतबाट बाहिर निस्कनेक्रममा पत्रकार वा लोनले फैसला जेसुकै भएपनि आफूहरु भयभित नभएको प्रतिक्रिया दिए । “हामी सत्य रहेको हामीलाई विश्वास छ र हामीले केही गल्ती गरेकै छनौं ।” आङ सान सू कीको नेतृत्वमा पनि प्रेस स्वतन्त्रतामा सङ्कट आएको भन्दै सर्बत्र आलोचना पनि शुरु भएको छ । रोहिङ्ग्या समुदायमाथि राज्यको व्यवहारले पनि उनको सार्वजनिक छवि अन्तर्राष्ट्रिय स्तरमै खस्किएको छ । राष्ट्रसंघीय एउटा मिसनले सोमबार म्यान्मारको मानव अधिकार उल्लङ्घनको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दैछ र राष्ट्रसंघीय सुरक्षा परिषदमा रोहिङ्ग्या सङ्कटका बारेमा मङ्गलबार छलफल हुनेछ । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies