Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

विप्लवसँग डराउँदै ओलीले लगाए प्रचण्डमाथि गम्भीर आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी र माओवादी सशस्त्र जनयुद्धबारे नकारात्मक टिप्पणी गरेका छन् । सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले कसैको नाम उल्लेख नगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीको व्यवहार समान रहेको आरोप सांकेतिक रुपमा लगाए । विप्लव नेतृत्वको माओवादीतर्फ ईंगित गर्दै उनले विगतमा माओवादीले जस्तै उसले आतंककारी गतिविधि गरिरहेको टिप्पणी गरे । शान्तिपूर्ण राजनीतिका नाममा मुलुक विखण्डनका लागि भौगोलिक अखण्डताविरुद्ध काम गर्ने र म्यादी प्रहरी मार्ने, विभिन्न पार्टीका नेता सवार गाडीमा बम हान्ने, दलका कार्यकर्ताको खुट्टा काट्ने कामलाई उनले विगतका माओवादीसँग तुलना गरे । यस्तै उनले विगतमा माओवादीले बाहिर राजतन्त्रविरुद्ध युद्धको कुरा गरे पनि भित्रभित्रै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेको आरोप पनि लगाए । माओवादी शान्ति प्रक्रियामा आएपछि सेनाका जर्नेलहरुलाई सांसद बनाएबाटै उक्त कुरा प्रमाणित भएको उनको तर्क थियो । ‘देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो’, उनले भने, ‘माओवादीले यो राजतन्त्रविरुद्ध हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदैछैनौं भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमा ।’ उनले विप्लवप्रति संकेत गर्दै बाह्य शक्तिसँग लिंकेज रहेको आरोप लगाए । ‘लिंकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिन’, उनले भने, ‘तपाईंंहरु जान्नुहुन्छ । उनले विगतमा राष्ट्रलाई शान्त रहन नदिन अनेक प्रकारका द्वन्द्वका ठूल्ठूला टुसा पलाएर पात हालिसकेको भए पनि साम्य भएको र त्यस्ता तत्व किनारा लागेको बताए । उनले विप्लवप्रति सैकेत गर्दै राजनीतिक पार्टीको आवरणमा हत्या, हिंसाजस्ता आतंककारी गतिविधि नगर्न चेतावनी दिए । उनले विप्लवको पहुँच डरलाग्दो रहेको समेत संकेत गरे । ‘यिनको कहाँकहाँ सम्म पहुँछ त्यो डरलाग्दो छ । भन्न सकिँदैन । क–कसको साथ सहयोग छ, क–कसको हात छ । प्रधानमन्त्रीले नेपालविरुद्ध डरलाग्दो षड्यन्त्र भइरहेको उल्लेख गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy