काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माटो परीक्षणका लागि किसानलाई आह्वान गरेको हो।
माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ। किसानलाई नजिकका कार्यालयमा प्राविधिकको सल्लाह लिएर गुणस्तर वृद्धि गर्न भनिएको छ।
विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ। गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाइएको थियो।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय माटोले सहयोग पुग्ने बताउँदै करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको जानकारी दिए।
पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ। गत वर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो क्षरीय प्रकृतिको पाइएको थियो।
गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको विभागले जनाएको छ। नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: