Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

खोटाङ र उदयपुरबासीलाई खुशीको खबर! सञ्चालनमा आयो बंशिलाघाटको झोलुङ्गे पुल

खोटाङ। खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । दक्षिणी क्षेत्रका स्थानीयबासीका लागि दैनिक उपभोग्यवस्तु ढुवानी गर्ने तथा आफूले उत्पादन गरेको थोकवस्तु निकासी गर्ने मुख्य नाका बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुलको क्षमता ८५ मेट्रिक टन रहेको छ । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै खोटाङको बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीय तहका स्थानीयबासीलाई तराईका जिल्ला आवतजावत गर्न सहज भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । पौवासेराको बंशिलाघाटस्थित सुनकोशी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरलाई झोलुङ्गे पुलले जोडेपछि दुवै जिल्लाबासीलाई सहज भएको छ । दुई वर्ष लगाएर निर्माण गरिएको झोलुङ्गे पुलको शिलान्यास २०७३ असार ११ गते गरिएको थियो । हिउँद महिनामा मात्र डुङ्गा सञ्चालन हुने बंशिलाघाटमा झोलुङ्गे पुलमार्फत् बाह्रै महिना आवतजावत गर्न सकिने भएपछि स्थानीयबासी हर्षित भएका छन् । वर्षौदेखि वर्षायाममा मात्र तराईसँगको सम्बन्धबिच्छेद हुँदै आएको दुई जिल्लाका स्थानीयबासीबीच बाह्रै महिना सहजरूपमा सम्पर्क हुने भएपछि हर्षित भएका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy