Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भारतद्वारा विवादित भूमिमा सडक

परासी । नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - विवादित क्षेत्रमा सडक खन्ने क्रममा नेपाली पक्षले अवरोध गर्दा भारतीय सुरक्षाकर्मीले धम्क्याउने गरेको सुस्तावासीको आरोप छ । सुस्ताका स्थानीयलाई बजार गर्न, आधारभूत तहदेखि उच्च शिक्षा हासिल गर्न र बिमार हुँदा भारत जानुपर्ने बाध्यता छ । वर्षातको समयमा नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुभन्दा अधिकांश नेपाली भारतीय भूमि हुँदै नेपाल आउँछन् । तर, सिमानामा खाडल खनेपछि नेपालीलाई आवातजावत गर्न पनि असहज भएको छ । बाटो रोकेपछि भारतीय विद्यालयमा अध्ययन गर्ने सुस्ताका बालबालिका विद्यालय जानसमेत पाएका छैनन् । सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक निर्माण गर्ने र नाला खनेर आवातजावतमा नै रोक लगाएपछि सुस्तावासीलाई दु:ख भएको छ । ‘नेपाल र भारतका उच्च अधिकारीबीच विवादित भूमिमा दुवै देशले कुनै पनि भौतिक संरचना र क्रियाकलाप नगर्ने स्पष्ट सहमतिविपरीत भारतले काम गरिरहेको छ,’ खाँले भने, ‘यो राष्ट्रिय सरोकारको विषय भएकाले केन्द्रबाटै कूटनीतिक पहल हुनु जरुरी छ ।’ स्थानीयले घटनाबारे स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएका छन् । स्थलगत निरीक्षणमा पुगेका सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई भारतीय पक्षले पानीको निकासका लागि डिल बनाउन सडक र नाला बनाएको भन्दै भारतीय भूमिमा आफूहरूले जस्तो संरचना निर्माण गरे पनि नेपाली पक्षलाई जानकारी गराउन जरुरी नभएको बताएका थिए । अध्यक्ष पाण्डेले विवादित भूमिमा संरचना निर्माण गर्न नपाइने भन्दै केन्द्रलाई घटनाबारे जानकारी गराएको र उच्चस्तरीय संयन्त्रले घटनाको निकास निकाल्ने बताए । नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालेपछि शान्त बनेको सुस्ता क्षेत्र यस घटनाले फेरि त्रस्त बन्न थालेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यस विषयमा भारतीय पक्षसँग अनौपचारिक कुराकानी भएको र तत्काल काम रोकेर छलफलमार्फत समस्या समाधान गर्न लागिपरेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy