Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सामान्य बन्दै भीमदत्तनगर, रोशनी र बबिता बमको अनुसन्धान सुरु

भीमदत्तनगर । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो । शान्ति सुरक्षा नै खलबलिने स्थिति आएपछि गत शुक्रबार रातिदेखि विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू अहिले अवस्था सामान्य बन्दै गएपछि खुकुलो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । मङ्गलबार राति ८ देखि बुधबार बिहान ४ बजेसम्म यहाँ कफ्र्यू लगाइएको थियो । स्थिति सहज बनिरहेको बताउँदै प्रहरी उपरीक्षक कडायतले अवस्था सामान्य भएसँगै कफ्र्यू हटाइने बताए । सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति र जिल्ला आएको नयाँ नेतृत्वलाई बालिका हत्याकाण्ड छानविन गर्न दिन यहाँको वातावरण शान्तिपूर्ण बनाउन सबै क्षेत्र र तह तप्काबाट पहल भएको थियो । घटनामा संलग्न हुनसक्ने आशङ्कासहित प्रहरीले भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । “घटनाबारे धेरै कोणबाट गहनरूपमा अनुसन्धान हुँदैछ ।” प्रहरी उपरीक्षक कडायतले भने, “बाह्य स्थिति सहज बनेपछि हामीलाई अनुसन्धान गर्न थप बल पुगेको छ ।” एक हप्तादेखि बन्द रहेका यहाँका शैक्षिक सङ्घ/संस्था पनि मङ्गलबारदेखि खुलेका छन् । आन्दोलनका क्रममा घाइते भएका आन्दोलनरत पक्ष र प्रहरीको भीमदत्तनगरदेखि काठमाडौँसम्म विभिन्न अस्पतालमा उपचार हुँदैछ । घाइतेको उपचार पनि सरकारले गर्ने भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy