काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी पुनर्गठनको घोषणा भएसँगै विप्लव नेतृत्वको दलमा अर्को ठूलो फुट देखिएको हो।
उमा भुजेलको संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ। यससँगै नयाँ पार्टीले आगामी भदौभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत थालेको जनाएको छ।
विप्लव नेतृत्वले केही समयअघि भुजेललाई पार्टीबाट कारबाही गरेपछि उनीनिकट ठूलो समूह असन्तुष्ट बन्दै अलग भएको थियो। त्यसकै निरन्तरतामा नयाँ संगठन निर्माणको घोषणा गरिएको हो।
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धका क्रममा भएको गोर्खा जेलब्रेक घटनाबाट चर्चामा आएकी भुजेलले असार २५ गते जारी गरेको विज्ञप्तिमा अहिलेको अवस्थामा विभाजित कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपान्तरणसहित पुनर्गठन गर्दै समाजवादी दिशामा अघि बढ्नु आवश्यक भएको उल्लेख गरेकी छन्।
नयाँ पार्टीले साम्राज्यवाद र बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने, सरकारका जनविरोधी तथा राष्ट्रविरोधी गतिविधिको प्रतिवाद गर्ने, जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने तथा कम्युनिष्ट जनमतलाई पुनः संगठित गर्ने उद्देश्य अघि सारेको छ।
त्यस्तै, श्रमजीवी वर्गलाई समाजवादी विचारबाट संगठित गर्दै समाजवादी क्रान्तिका लागि आवश्यक राजनीतिक र जनसंघर्षका मोर्चा विस्तार गर्ने नीति पनि सार्वजनिक गरिएको छ।
पार्टीले पहिलो चरणमा विभिन्न माओवादी धारबीच रूपान्तरणसहितको एकता कायम गर्ने र त्यसपछि समग्र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने लक्ष्य लिएको जनाएको छ। साथै देशभक्त, लोकतन्त्रवादी र गणतन्त्रवादी शक्तिहरूसँग साझा मोर्चा निर्माण गर्दै परिवर्तनका आन्दोलनमा ज्यान गुमाएका शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
विप्लव नेतृत्वको नेकपाभित्र लामो समयदेखि चुलिँदै आएको वैचारिक र सांगठनिक विवाद अन्ततः नयाँ पार्टी गठनसँगै औपचारिक विभाजनमा परिणत भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - २१:१३
काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...
आषाढ़ २५ गते, २०८३ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...
आषाढ़ २५ गते, २०८३ - २१:००
पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...
आषाढ़ २५ गते, २०८३ - २०:३७
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...
आषाढ़ २५ गते, २०८३ - २०:१८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...
आषाढ़ २५ गते, २०८३ - २०:१६
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...



प्रतिकृया लेख्नुहोस्: