Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लू आवमा ५१ कृषि ज्ञान केन्द्र स्थापना गरिने

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७५/७६ मा ५१ वटा कृषि ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । चालू आवको बजेटले नै निर्धारण गरेको कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले ‘नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका बुँदाहरूको कार्यान्वयन निर्देशिका’ जारी गर्दै ज्ञान केन्द्र स्थापनाको लक्ष्य राखेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - अहिलेसम्म पर्वत र म्याग्दीमा दुईवटा कृषि ज्ञान केन्द्र स्थापना भइसकेका छन् । बजेटका कार्यक्रम कार्यान्वयन गर्न यसपटक मन्त्रालयले असारमै निर्देशिका तयार गरिसकेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयलाई ज्ञान केन्द्रका रूपमा विकास गरिने कृषिसचिव डा. युवकध्वज जिसीले जानकारी दिए । यस्तो ज्ञान केन्द्रमा किसानले खोजेको कृषिसम्बन्धी आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । सो निर्देशिकामा १ हजार ६० स्यालो ट्युबेल र ११ वटा डिप ट्युबेल थप गर्ने लक्ष्य राखिएको छ । तराईमा पानी नपर्दा स्यालो र ड्युब ट्युबेलले सिँचाइ गर्न किसानलाई सघाउ पुगिरहेको छ, तर नगन्य संख्यामा भएका यस्ता ट्युबेलले बहुसंख्यक किसानलाई राहत दिन सकेको छैन । त्यस्तै यो वर्ष विनियोजन गरिएको करिब ६ अर्ब रुपैयाँ २ लाख ८३ हजार टन रासायनिक मल (युरिया, डिएपी र पोटास) खरिदका लागि अनुदान दिन वितरण गर्ने लक्ष्य राखिएको छ । मुलुकभर ५ लाख टनभन्दा बढी मलको आवश्यकता भए पनि सरकारले करिब ३ लाख टन मात्रै आपूर्ति गर्दै आएको छ । बाँकी निजी क्षेत्र र भारतको सीमावर्ती बजारबाट अवैध रूपमा आयात भई पूर्ति हुँदै आएको छ । सरकारले कृषि प्रशोधन उद्योगमा विशेष अनुदान उपलब्ध गराउने गरी बजेटमै घोषणा गरिसकेको छ । सोहीअनुसार यो वर्ष एउटा आलुचिप्स बनाउने उद्योग स्थापनाका लागि अनुदान दिने र आलुचिप्स उद्योग यही वर्षभित्र स्थापना भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ । प्रदेशमा कृषि फार्म चालू आवभित्रै प्रत्येक प्रदेशमा एक/एकवटा पर्ने गरी सातवटा आधुनिक कृषि फार्म स्थापना गर्ने योजना बनाइएको छ । यसका लागि सरकारले अनुदान उपलब्ध गराउनेछ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न बाली लगाएका किसानलाई विशेषज्ञ सेवा उपलब्ध गराउन ३ सय कृषि स्नातक विद्यार्थीलाई इन्टर्नका रूपमा ब्लक, जोन र सुपर जोनमा खटाइने लक्ष्य राखिएको छ । यसअघि प्रत्येक स्थानीय तहमा पर्ने गरी सरकारले कृषि जेटिए खटाइसकेको छ । कुन माटोमा कस्तो बाली लगाउने भन्ने जानकारी दिने उद्देश्यले सरकारले किसानको माटो परीक्षणलाई तीव्रता दिने जनाएको छ । चालू आवमा १ सय ६८ स्थानीय तहमा घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रत्येक प्रदेशमा १/१ वटा जैविक विषादी प्रयोगशाला राखिने भएको छ । सातवटा ठूला प्रादेशिक कृषि बजार सञ्चालन हुनेछन् । प्रत्येक प्रदेशमा पर्ने गरी ७ वटा प्रांगारिक मल कारखाना सञ्चालन हुने र वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालन हुने बजेट कार्यान्वयन निर्देशिकामा उल्लेख छ । सिंगो गाउँ तरकारी खेतीमा लमजुङ/ मस्र्याङ्दी गाउँपालिका– ८ भुष्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेंडालगायतको बेर्ना जमाउन र सार्न व्यस्त छन् । केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला भने तरकारी खेतीले हरियाली भएको छ । यसअघि बजारमा र छिमेकीसँग तरकारी किन्दै आएका गाउँलेले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ति सामाजिक परिवारका अध्यक्ष बिष्णुमाया तामाङका अनुसार गाउँका ५५ घरपरिवारले नै तरकारी खेती गरेका छन् । चार वर्षदेखि तरकारी खेती गर्दै आएकी निलमाया तामाङले ८ रोपनी जग्गामा टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको भन्दै उनले समूहमा आबद्ध गाउँलेले बेसीसहरमा ल्याएर तरकारी बेच्ने गरेको बताइन् । सुनसरी तामाङले तरकारी खेती सुरु गरेसँगै घरखर्च टरेको र छोराछोरी पढाउनसमेत सहज भएको बताइन् । भन्छिन्, ‘पहिले श्रीमान्को कमाईको भर पर्नुपथ्र्यो, अहिले माग्नु परेको छैन उल्टो पैसा बचत गरेकी छु ।’ गाउँका अधिकांशले करेसाबारीमा कम्तीमा दुई÷दुई वटा टनेल बनाएर तरकारीको बीउ जमाउने गरेका छन् । बन्दा, काउली, गोलभेंडा, घिरौँला, काँक्राका बीउ जमाएको सुविता तामाङले बताइन् । गाउँमा महिला मात्र होइन पुरुष पनि तरकारी खेतीमा लागेका छन् । गाउँकै नारायणबहादुर तामाङले ४ वटा टनेल बनाएर व्यावसायिक तरकारी खेती गरेका छन् । उनले बारीमा गोलभेंडा, खुर्सानी, काउली र बन्दा फलाएका छन् । शान्ति सामाजिक परिवारका सचिव सविता तामाङका अनुसार समग्र विकास सेवा केन्द्रबाट तरकारी खेतीसम्बन्धी तालिम लिएपछि गाउँलेल तरकारी खेती गर्न थालेका हुन् ।समग्र विकास सेवा केन्द्र लमजुङकी जिल्ला संयोजक मीरा भण्डारीका अनुसार गाउँमा सामाजिक परिवार गठन गरी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy