Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नेपालको लगातार दोस्रो पराजय, एसिया कप खेल्ने सम्भावना कति छ ?

काठमाडौं। मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ । २५५ रनको लक्ष्य पछयाइरहेको नेपाल ४८.५ ओभरमा अलआउट भयो । नेपालले १७६ रनमात्रै बनाउन सक्यो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भयो । हारसँगै नेपालको एशिया कप क्रिकेट खेल्ने सपना अधुरो नै रह्यो । खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । एक दिवसीय अन्तर्रााष्ट्रय क्रिकेटमा नेपाललाई अर्धशतक दिलाउने उनी चौथो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सविरुद्ध को खेलमा ज्ञानेन्द्र मल्ल, पारस खड्का र सोमपाल कामीले अर्धशतक पूरा गरेका थिए । खकुरेलले ९७ बल खेल्दै एक छक्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । दीपेन्द्रसिह ऐरीले ४० रन जोडे । सोमपाल कामीले २७, कप्तान पारस खड्काले १६ तथा बसन्त रेग्मीले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । सुरुवाती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४, रोहितकुमार पौडेल ९ तथा सागर पुन ३ रनमा आउट भए । त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए । सन्दीप नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने । उनको विकेट सङ्ख्या अब आठ पुगेको छ । यसअघि नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending