Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

माइकल ज्याक्सनको नृत्य कपी गर्ने बलिउड स्टार

काठमाडौं । पपस्टार माइकल ज्याक्सन भौतिक रूपमा संसारबाट बिदा भइसकेका छन् । तर, उनको गीत र नृत्य सधैँ चर्चाको विषय बन्ने गरेको छ । पश्चिमेली नृत्य सिक्नेहरू अहिले पनि माइकल ज्याक्सनले जस्तै नृत्य गर्ने चाहना राख्छन् । यति मात्र होइन, बलिउडका केही स्टारले आफ्ना फिल्ममा माइकलको जस्तै नृत्य गरिसकेका छन् । अगस्ट २९ माइकल ज्याक्सनको जन्मदिन हो । उनी बाँचेका भए आज ६० वर्षका हुन्थे । केही बलिउड स्टार जसले माइकल ज्याक्सन जसरी नृत्य गरेर चर्चामा आए । टाइगर श्राफ बलिउड अभिनेता टाइगर श्राफ पपस्टार माइकल ज्याक्सनका ठूलो फ्यान हुन् । टाइगरले त माइकल ज्याक्सनलाई समर्पण गरेर एक डान्स भिडियो पनि बनाएका छन् । यसका साथै सन् २०१७ मा आएको उनको फिल्म ‘मुन्ना माइकल’मा पनि टाइगरले माइकल ज्याक्सनले जस्तै नृत्य गरेर लाखौँ नृत्यप्रेमीको मन जितेका छन् । शाहिद कपुर बलिउड अभिनेता शाहिद कपुरले पनि माइकल ज्याक्सनको डान्स स्टेप आफ्नो फिल्ममा देखाएका छन् । सन् २०१० मा आएको फिल्म ‘चान्स पे डान्स’मा शाहिदले माइकल ज्याक्सनको डान्स स्टेप कपी गरेका छन् । ऋतिक रोशन ऋतिक रोशनका फिल्म हेर्ने दर्शक उनको नृत्यका कारण आफैँ नृत्य गरिहेझैँ महसुस गर्छन् । उनले केही फिल्म र गीतमा माइकल ज्याक्सनको डान्सका स्टेप अपनाएका छन् । उनले ती स्टेप सुन्दर ढंगले कपी गरेका छन् । चाहे ‘केजी ४’ गीत होस् या फिल्म ‘ब्यांग ब्यांग’को शीर्ष गीत । ऋतिकले लगभग सबै गीतको स्टेपमा माइकल ज्याक्सनको स्टेपको सुन्दर कपी गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy