Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सबै स्थानीय तह पहिरोको उच्च जोखिममा

नुवाकोट। जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको हो । दुई नगरपालिका र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा पहिरो पहिलो स्थानमा रहेको छ । जिल्लामा सबै स्थानीय तहमा अध्ययन गर्दा पहिरोको समस्या उच्च रहेको देखिएको अध्ययनमा संलग्न इञ्जिनीयर रामकृष्ण राजभण्डारीले बताए । पहिरोपछिको विपद्मा बाढी रहेको छ । बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको केही वर्षका घटनाले देखाइरहेको छ । प्रतिवेदनमा जनावरको आतङ्क, आगलागी, सडक दुर्घटना, हुरीबतास, चट्याङलगायतका विपद्का जोखिम रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएको विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका विपद्को घटनाका निवेदनको आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताए । ‘‘विपदहरुमा पहिरोको जोखिम बढी भनेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’’ उनले भने । विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पहिरोले बढेर गएमा जिल्ल्लामा चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्काल ४५० घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । पहिरोको कारण विपद् आएमा तत्काल उद्धार र राहतको लागि रु एक करोड ३४ लाख रकम आवश्यक पर्ने ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जनाइएको छ । पहिरोको कारण आफ्नो गाउँपालिकामा १३० घर जोखिममा परेको जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । जिल्लामा पहिरोको समस्या धेरै बढ्न थालेकाले यसको नियन्त्रणको लागि दीर्घकालीन योजना निर्माण गरी सबै स्थानीय तहले काम गर्नुपर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनायता मात्र जिल्लामा पहिरो र बाढीको कारण करोडौंको क्षति भएको छ । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने पहिरो र बाढीका कारण २१ घरमा क्षति भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy