Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

७५३ वटै स्थानीय तहमा प्रहरी सङ्गठन

काठमाडौँ। नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले सङ्घीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरेको जानकारी दिए । “चार नगरपालिका र २६ गाउँपालिकाका लागि एक हजार ६५ प्रहरीलाई खटाएका छौँ”, उनले भने । प्रवक्ता क्षेत्रीले नेपाल प्रहरीले गृहमन्त्रालयबाट गृह प्रशासन सुधार योजनाअनुसार जारी गरिएको ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउनका लागि जारी गरेकाे १० बुँदे प्राथमिकतानुसार काम गरिएको बताए । लिम्चुङबुङ र रौतामाइ गाउँपालिका उदयपुर, परवानीपुर, प्रसौनी र बारागढी गाउँपालिका बारा, नरहा र अर्नमा गाउँपालिका सिरहा, कालीमाई गाउँपालिका पर्सा, देवाही गोनाही र मौलापुर नगरपालिका रौतहट, महोत्तरी गाउँपालिका महोत्तरी, विष्णुपुर गाउँपालिका सप्तरी, कौडेना गाउँपालिका सर्लाही, कोन्ज्योसोम गाउँपालिका ललितपुर, गौमूल, स्वामीकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिका बाजुरामा प्रहरी एकाइ स्थापना गरिएको छ । यस्तै गौरीशङ्कर गाउँपालिका दोलखा, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक, मकवानपुरगढी गाउँपालिका मकवानपुर, पञ्चकन्या गाउँपालिका नुवाकोट, मादी गाउँपालिका कास्की, पूर्वखोला गाउँपालिका पाल्पा, ओमसतिया गाउँपालिका रुपन्देही, दार्मा गाउँपालिका सल्यान, पचालझरना गाउँपालिका कालीकोट, लेकबेशी नगरपालिका सुर्खेत, आदर्श गाउँपालिका डोटी, मष्टा र दुर्गाथली गाउँपालिका बझाङमा रिक्त रहेको स्थानमा पनि प्रहरी कार्यालय स्थापना गरिएको छ नयाँ स्थापना गरिएका स्थानीय तहमध्ये १४ वटा कार्यालयमा प्रहरी निरीक्षक र बाँकी १६ कार्यालयमा प्रहरी नायब निरीक्षकले नेतृत्व गर्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले सङ्गठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी थपसमेत गरिएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी प्रदेश २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रहरीस्तरीय कार्यालयसमेत स्थापना गरिएकोे छ । मुलुकभर बढ्दो क्रममा रहेको सवारी साधन व्यवस्थापनलाई सहज बनाउनका लागि प्रहरीले प्रदेश संरचनाअनुसार प्रदेश ३ र ४ मा प्रदेश ट्राफिक कार्यालय स्थापना गरिने र यसका लागि प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न पहल गरिरहेको छ । यस्तै प्रदेश नं ३ र ६ मा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी विद्यालय स्थापनाका लागि नयाँ दरबन्दी निकासा भई स्थापनाका लागि गृहकार्य भइरहेको जनाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending