Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

एसिया कप छनोटः नेपालको पहिलो जित

काठमाडौं ।  एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल विजयी भएको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया १६९ मा सिमित हुँदा नेपाल १९ रनले विजयी भएको हो । यो नेपालको पहिलो जित हो । मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८८ रन बनाएको थियो । नेपालका लागि लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मान जनकको स्कोरमा पुर्याए । दीपेन्द्र र आरिफले अर्धशतक बनाए । शुरुवातका पाँच विकेट सस्तैमा गुमाएर धरमराएको नेपाली इनिङलाई दीपेन्द्र र आरिफले समाल्दै सम्मानजनक स्कोर बनाए । दीपेन्द्रले ५१ बलमा ५४ रन बनाए भने आरिफले विष्फोटक व्याटिङ गर्दै ४८ बलमा ६४ रन बनाएर नटआउट रहे । सुभाष खकुरेलले ९, कप्तान पारस खड्का १३, अनिलकुमार साह १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ११, बसन्त रेग्मी ७, बलमा सागर पुन र सोमपाल कामी शुन्य रनमा आउट भए । नेपालले १४ ओभरमा पाँच विकेटको क्षतिमा जम्मा ६० रन बनाएको थियो । मेलेसियाका लागि स्याज्रुलले ३, एस मुनीयन्डीले ३ र मुहम्मद अनवरले १ विकेटले लिए । आजको खेलमा अलराउण्डर दीपेन्द्रसिंह एेरी म्यान अफ द म्याच भए । उता जवाफी व्याटिङमा आएको मलेसियाका लागि अनवर अरुदीन र स्येद अजिजले ३४ र ३४ अहमेद फैज २२, विरेनदीप सिंह २१ मुहम्मद स्याहदात १६, एस मुनियन्दीले १० रन बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि बसन्त रेग्मी ३, सोमपाल कामी र सन्दीप लामिछाने २र२, दीपेन्द्रसिंह ऐरी र सागर पुनले एकरएक विकेट लिए । सुरुका दुई खेलमा हार व्यहोरेको नेपाललाई अगाडिको यात्राका लागि आज जित्ने पर्ने दवाव छ । युएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुग्दैन, अरुको खेलमा पनि भरपर्छ । नेपाल पहिलो खेल ओमानसँग सात विकेट र दोस्रोमा युएईसँग ७८ रनले पराजित भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy