Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बालिका हत्या घटनाले प्रदेश नै स्तब्ध

महोत्तरी। प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताएका छन् । आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उनले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिए । राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्नहुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास दिलाए । मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने बताए । गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy