Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बैंकले लगानी गर्ने भएपछि उद्योग व्यापारमा बढ्दो आकर्षण

दाङ। बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र ३०० भन्दा बढी व्यापारी फार्म तथा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । गत आर्थिक वर्षमा वाणिज्यतर्फका व्यापारिक फार्म ९१४ तथा साना उद्योग एक हजार दुई दर्ता भएको सो कार्यालयले जनाएको छ । व्यापार र उद्योगमा लगानी गरे मुनाफा सहजै हुने र बैंकिङ लगानी पनि सहजै हुने भएकाले नागरिकको आकर्षण यसतर्फ बढेको हुनसक्ने आर्थिक क्षेत्रका जानकार बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर ओलीले हाल जिल्लामा किराना, फेन्सी तथा कपडा पसल, गल्ला खरिद बिक्री, होटेल, रेष्टुराँ, गेष्टहाउस, छड तथा सिमेन्ट पसललगायतका गरी व्यक्तिगत सात हजार ६६३ र साझेदारीमा ६३ गरी कुल सात हजार ७२६ दर्ता रहेको जानकारी दिए । उद्योगतर्फ डेढ महिनामा थपिएका ६५ सहित कुल पाँच हजार ८१० उद्योग दर्ता रहेको सो कार्यालयले जनाएको छ । पछिल्लो समयमा दाङमा ठूला तारे होटेलदेखि सामान्य रेष्टुराँ खल्नेक्रममा वृद्धि भएको छ । दाङका प्रमुख शहर तुलसीपुर, घोराही, लमही र भालुवाङमा ठूला होटल तथा गेष्टहाउस एकपछि अर्को गरी खुलेका छन् भने राजमार्गको ठाउँ–ठाउँमा ठूला तथा साना रेष्टुराँ खुल्ने क्रम पनि बढेको छ । पछिल्लो समयमा मात्रै जिल्लामा दुई दर्जनभन्दा बढी ठूला होटल खुलेका छन् भने साना होटेल तथा रेष्टुराँ पनि अत्याधिक मात्रामा खुलेका छन् । तुलसीपुरमा दुई दशकदेखि एकान्त होटल एण्ड लज खोलेर व्यवसाय गर्दै आउनुभएका टेकराम खड्का भन्छन्, “अन्य व्यापार, व्यवसायभन्दा होटल तथा गेष्टहाउसमा लगानीअनुसार मुनाफा बढी हुने र मानवीय सेवा पनि गर्न पाइने भएकाले यसतर्फ आकर्षण बढेको छ ।” खडकाले विगत ६ वर्षादेखि गर्मी महिनामा आफ्नै लगानीमा तुलसीपुरको बिपी चोकमा बसेर बटुवालाई निःशुल्क पानी पनि खुवाउँदै आएका छन् । परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने भएपछि व्यापार तथा होटल रेष्टुराँमा आकर्षण बढेको साना किराना तथा होटल सञ्चालकहरु बताउँछन् । राज्यले कृषि क्षेत्रमा खासै सहयोग नगर्ने र परम्परागत कृषि प्रणालीबाट जीवनयापन गर्न धौधौ भएपछि आफू व्यापारमा लागेको तुलसीपुरका कस्मेटिक व्यापारी दोर्ण खड्काले बताए । परम्परागत कृषि भन्दा व्यापारमा लगानीअनुसार मुनाफा पनि बढी हुने गरेकोे उहाँको भनाइ छ । तुलसीपुर बजारमा फेन्सी पसल गर्नुभएकी शारदा ओलीले कृषि क्षेत्रमा परिश्रम गरेअनुसार उत्पादन नहुने र भए पनि बजारको समस्या देखिएकाले कृषि व्यवसाय छोडेर आफू फेन्सी पसल सञ्चालन गरेको बताए । उनले भने, “सानो व्यवसाय गर्न थोरै पुँजी भए पनि हुने र घर व्यवहार चलाउन आम्दानी पनि राम्रै हुने तथा लगानीसमेत सुरक्षित हुने भएकाले आफू यसतर्फ आकर्षित भएको छु ।” तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले देशमा अहिले राजनीतिक स्थिरता र स्थायी सरकार भएकाले लगानी सुरक्षित हुने विश्वास बढेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताए । उनले भने, “सरकारले अब आर्थिक समृद्धिलाई जोड दिएको छ, करको विषयमा अलिकति बुझाउन नसक्दा केही बाधा खेप्नुपरे तापनि नागरिकमा भने अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending