Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

खबरडबली संवाददाता

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्।

पाण्डेले तिलोत्तमा नगरपालिका–१, नमुना टोलस्थित एक घरबाट १० वटा गोमनका बच्चा सुरक्षित रूपमा उद्धार गरेको भोलिपल्ट बुटवल–११, देवीनगरस्थित अर्को घरबाट थप ६ वटा गोमनका बच्चा उद्धार गरेका हुन्। उद्धार गरिएका सबै सर्पलाई सुरक्षित रूपमा जंगलमा छाडिएको उनले बताए।

पाण्डेका अनुसार मंगलबार मात्रै देवीनगरस्थित एक घरको सिँढीको प्वालबाट तीन वटा वयस्क गोमन सर्प पनि उद्धार गरिएको थियो।

उनले अहिले गोमन सर्पले अण्डा कोरल्ने समय भएकाले एउटै स्थानमा १० देखि ५०–६० वटासम्म बच्चा भेटिन सक्ने सम्भावना रहने बताए।

गर्मी बढ्नुका साथै वर्षा सुरु भएकाले सर्पहरू ओभानो र सुरक्षित स्थानको खोजीमा घर, गोठ तथा आँगनतर्फ आउने सम्भावना बढेको भन्दै उनले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरे।

सर्प देखिएमा आत्तिने, आफैं समात्ने वा मार्ने प्रयास नगर्न तथा तत्काल सर्प उद्धारकर्तालाई खबर गर्न उनले अनुरोध गरे। पाण्डे विगत केही वर्षदेखि विभिन्न स्थानबाट सर्पको उद्धार गरी सुरक्षित रूपमा जंगलमा छाड्दै आएका छन्।

पाण्डेले गत वर्ष तिलोत्तमा–५, प्रेमनगरस्थित एक घरबाट २३ वटा गोमनका बच्चा उद्धार गरेको घटना पनि स्मरण गरे। असार २२ गते घरधनी डिलाराम अर्याललाई भान्साकोठामा सर्पले टोकेपछि खोजीका क्रममा र्‍याकमुनि गोमनले गुँड बनाएर बच्चा कोरलेको अवस्थामा फेला परेको थियो। त्यसपछि पाँच दिनको प्रयासमा २३ वटा बच्चा सुरक्षित रूपमा उद्धार गरिएको थियो।

यस्तै, यस वर्ष गएको साता बुटवलस्थित योगीकुटीमा रहेको विद्युत् सबस्टेसन परिसरबाट १६ वटा अजिङ्गरका बच्चा उद्धार गरिएको थियो। सर्प उद्धारकर्ता नवीन पौडेलले झाडीभित्रबाट ती अजिङ्गरका बच्चा फेला पारी सुरक्षित रूपमा उद्धार गरेका थिए।

अर्का सर्प उद्धारकर्ता चेतबहादुर सारु मगरले गर्मी र वर्षाका कारण तराई क्षेत्रमा सर्पको गतिविधि बढेको बताउँदै हरेक दिन विषालु सर्पको उद्धार गरिरहेको जानकारी दिए। उनले जमिन तात्दा सर्पहरू बाहिर निस्कने र सुरक्षित स्थानको खोजीमा घरभित्र पस्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहनेस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending