Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकारलाई यातायात व्यवसायीकाे चेतावनी 'दशैंमा बसको जिम्मा लिन सक्दैनाैं'

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको सरकारको घोषणापछि देखिएको अन्योलकामाझ यातायात सञ्चालन गर्दे आएका व्यवसायीहरूले यहि अवस्थामा आउँदो दशैंको लागि यात्रुहरूको अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने चेतावनी दिएका छन्। सरकारले यसै हप्ताबाट दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने तयारी गरिरहँदा सरकारले निर्देशन दिए जस्तै कम्पनी अन्तर्गत नगएका झन्डै तीन सय यातायात संस्थाहरूले अधिकार विहीन अवस्थामा टिकटको जिम्मा लिन नसक्ने बताएका हुन्। लाखौं मानिसहरू चाडपर्वका बेला राजधानी बाहिर जाने भएकाले त्यसलाई सहज बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था विगतदेखि हुँदै आएको छ। सरकारले आगामी मंसिरको अन्तिम हप्तासम्म सबै व्यवसायी समितिलाई कम्पनीमा रूपान्तरण हुन भनिए पनि अहिलेसम्म १०० भन्दा कम मात्र कम्पनीमा दर्ता भएका छन्। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी महासंघ अन्तर्गत रहेका बाँकी झन्डै ३ सय समितिहरू आफ्नो खाता रोक्का रहेको अवस्थामा दशैंमा सञ्चालन हुने गाडीको जिम्मा लिन नसक्ने बताउँछन्। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, \'विगतमा महासंघले बुकिङ गर्दै सबै समितिलाई परिपत्र गर्थ्यौ। समितिका पदाधिकारीहरूलाई राख्थ्यौँ। अनुगमन गर्थ्यौँ। गाडी नपुगे जसरी नै व्यवस्थापन गरिन्थ्यो। अहिले त्यो परिस्थिति छैन। खाता रोक्का छ।\' विगतमा महासंघले बुकिङ गर्दै सबै समितिलाई परिपत्र गर्थ्यौ। समितिका पदाधिकारीहरूलाई राख्थ्यौँ। अनुगमन गर्थ्यौँ। गाडी नपुगे जसरी नै व्यवस्थापन गरिन्थ्यो। अहिले त्यो परिस्थिति छैन। सरकारले गत चैत महिनाको अन्तिम साता यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै सबै व्यवसायीहरूलाई कम्पनीमा रूपान्तरण हुन आगामी मंसिर महिनासम्मको समय दिएको थियो। सरकारले सबै यातायात व्यवसायीहरूको खाता पनि त्यहि समयदेखि रोक्का राखेको छ। तर आगामी बाटोबारेको अन्योल हटाउन उच्च स्तरीय आयोग गठन गर्ने सहमति गरिए पनि सरकारले अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप व्यवसायीहरूको छ। सरकारले भने यो वर्ष गाडी भाडामा बृद्धि गर्नुपर्ने मागमा सकारात्मक हुने संकेत गर्दै सहमतिमा अगाडी बढ्ने जनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले यसै हप्ता हुने दुई पक्षीय छलफलबाट निष्कर्ष आउने बताउँदै भने, \'एक चरणको अनौपचारिक छलफल भइसकेको छ। भाडामा समायोजन गरिदिनुपर्‍यो भन्ने उहाँहरूको एउटा माग छ। २०६९ सालदेखि भाडा बढेको रहेनछ। त्यसैले वैज्ञानिक रूपमा कसरी भाडा बढाउने भन्ने तयारी गरिरहेका छौँ। सम्भवत यसै हप्ताबाट बुकिङ खुल्ला हुनेछ।\' एक चरणको अनौपचारिक छलफल भइसकेको छ। भाडामा समायोजन गरिदिनुपर्‍यो भन्ने उहाँहरूको एउटा माग छ। २०६९ सालदेखि भाडा बढेको रहेनछ। त्यसैले वैज्ञानिक रूपमा कसरी भाडा बढाउने भन्ने तयारी गरिरहेका छौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत अहिले देशभर २ सय ९७ संघ सस्थाहरू छन्। त्यस अन्तर्गत झन्डै ३ लाखको हाराहारीमा बसहरू सञ्चालन भइरहेका छन्। सिन्डिकेटकै कारण यो वर्ष दशैंलक्षित गरी नयाँ गाडीहरू नथपिएको पनि बताइएको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending