Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते

चेम्निज। जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् । गत आइतबार शङ्कास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कू आक्रमण गरेको भन्ने समाचारलाई लिएर चेम्निज हप्ताभर अशान्त रह्यो । पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पिइजीआइडीएले हजारौँको सङ्ख्यामा प्रदर्शन गरेका थिए । तर उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरेको प्रदर्शनमा जातियता र धर्मको आधारमा कसैलाई समर्थन र विरोध गर्नु गलत हुने भन्दै सोही सङ्ख्यामा शान्तिपूर्ण ¥याली निकालिएको थियो । प्रहरीले दुबै समूहमा दश हजारभन्दा बढीको सङ्ख्यामा सहभागीता रहेको जनाएको छ । उनीहरूबीच झडपका घटनाहरू भएपछि प्रहरीले बल प्रयोग गरेका थियो । प्रदर्शनपछि पक्ष विपक्षमा साना समूहमा विवाद हुँदा भएका घटनामा केही नागरिक घाइते भएको प्रहरीले जनाएको छ । समाजवादी पार्टीका सांसद सोयरेन बार्तोलले मावर्ग समुदायमाथि नाजीले आक्रमण गरेकाले प्रतिकारका क्रममा केही आफ्ना साथीहरू पनि घाइते भएका बताए । शान्तिपूर्ण प्रदर्शनपछि बस चढ्न स्टेसनतर्फ हिँडेको समयमा घटना भएको उनले बताए । प्रहरीले कम्तीमा ३७ सम्भावित भडपका घटनालाई टारेको र केही मानिस घाइते भएको आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । चेम्निज शहरबाट टाढा एक जना अफगानी नागरिकलाई नकावधारी चार जनाको समूहले आक्रमण गरेको जनाउँदै उनीहरू प्रदर्षनकारी भए नभएको प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy