Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

जापानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ८ पुग्यो, सयौं बेपत्ता

टोकियो। उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६।६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन । भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ । प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए । सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९।० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy