Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

खबरडबली संवाददाता

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको छ । एमालेभित्र ४० वर्षमुनिका युवा सुहाङलाई दलको नेता बनाउनुपर्ने मत उठेकै वेला शीर्ष नेताहरूले उनलाई पन्छाएर ७० वर्षीय बादललाई संसदीय मोर्चाको कमान्डर बनाएका हुन् ।

दलको नेताका लागि उम्मेदवार मनोनयन फारम लगेका नेम्वाङ शीर्ष नेताहरूको हस्तक्षेप भएपछि पछाडि हटेका हुन् । अध्यक्ष केपी ओलीसहित उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेलसहितका नेताहरू बादललाई दलको नेता बनाउने पक्षमा रहेको जानकारी पाएपछि नेम्वाङले उम्मेदवारी दर्ता गराएनन् । सर्वसम्मत नेता चयनका लागि सहयोग गरेका थिए । 

बैठक सुरु भएपछि सांसद सुहाङले दलको नेतामा उम्मेदवारी दिने प्रस्ताव सुनाएका थिए । त्यसका लागि उनलाई धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई र संखुवासभाबाट निर्वाचित सांसद डा. अर्जुन कार्कीले प्रस्तावक र समर्थक बसेर सहयोग गर्ने वचन दिएका थिए । सुरुमा सहयोग गर्ने वचन दिएका कार्की उम्मेदवारी दर्ता गर्ने वेला खुलेनन् । उनले उम्मेदवारी मनोनयनको समर्थकका रूपमा हस्ताक्षर गरेर नेतृत्वको चाहनाविरुद्ध जोखिम मोल्न पनि चाहेनन् । 

धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद राईले सुहाङलाई उम्मेदवारी दिन सहयोग गर्नेबारे सल्लाह भए पनि बैठकमा सबै सांसदहरूले सर्वसम्मतिकै पक्षमा धारणा राखेकाले पार्टीले अन्तिममा सबैको भावना बुझेरै तदनुरूपको निर्णय लिएको बताए । ‘उम्मेदवारीबारे सल्लाह गरेको हो । तर, छलफल हुँदै जाँदा सबै सांसदहरूले सर्वसम्मत गरेर जाँदा नै उपयुक्त हुन्छ भन्ने राय आएपछि त्यसअनुसार नै उम्मेदवारी पर्‍यो र सर्वसम्मत निर्णय भयो । चुनावी प्रतिस्पर्धा नभए पनि चुनावी वातावरणसम्म बनाइयो, तर निर्णय गर्ने वेला सर्वसम्मतितिर नै गयो,’ राईले भने । 

सुहाङले आफ्नो चाहना राखेपछि उपाध्यक्ष बादलले पनि आफ्नो प्रस्ताव राखेर सहयोगका लागि आग्रह गरेका थिए । केहीबेर छलफलको क्रममा सहमति जुट्ने स्थिति नबनेपछि उपाध्यक्षद्वय पौडेल र गुरुङ तथा महासचिव शंकर पोखरेलकै प्रस्तावअनुसार चुनावी प्रक्रिया अगाडि बढाइएको थियो । महासचिव पोखरेलले त सुहाङका लागि नेतृत्व विकासका लागि अझै ठाउँ रहेको बताएर दलभित्रै पनि महŒवपूर्ण जिम्मेवारी दिन सकिने संकेत गरेर सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसबिचमै प्रस्तावक र समर्थक सांसदहरूले सहयोग गर्न तयार नभएको देखिएपछि दबाबमा परेका नेम्वाङ पनि पछि हटेका थिए । 

निर्वाचन समितिका संयोजक एमाले केन्द्रीय सदस्य नीरज आचार्यले एउटा मात्र उम्मेदवारी परेपछि सर्वसम्मत नेता चयन भएको बताए । ‘उम्मेदवारीमा दाबी गर्नुभएका दुवैले मनोनयन फारम लैजानुभएको थियो । तर, बादलले मात्र उम्मेदवारी दर्ता गराउनुभयो । सुहाङजीले मनोनयनको समय गुज्रिएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउँदा हुन्छ भन्ने जानकारी गराउनुभयो,’ आचार्यले भने, ‘त्यसपछि एकजनाको मात्र उम्मेदवारी परेकाले चुनावी प्रक्रियाअनुसार सर्वसम्मत दलको नेता चयनको प्रक्रिया सम्पन्न भयो ।’ चुनावलगत्तै नेम्वाङले बादललाई बधाई दिएका थिए । पहिले पनि समानुपातिक सांसद भइसकेका बादललाई यसपटक पुनः त्यहीँबाट सांसद बनाइएकोमा आलोचना हुँदै आएको थियो । 

नेम्वाङलाई नेता नबनाइएपछि एमालेको संस्थापन पक्षमै रहेका नेता तथा युवा पुस्ताका थुप्रै कार्यकर्ताले नेतृत्वको आलोचना गरेका छन् । उपमहासचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा राखेर दलको नेता चयन गरिएको टिप्पणी गरेका छन् । ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको, समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ,’ भट्टराईले भनेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’

दलको नेता चयनपछि नेम्वाङले इच्छा जाहेर गरे पनि हुन नपाएकोमा हतोत्साहित नभएको प्रतिक्रिया दिए । ‘एमालेमा रहेका कमजोरी सुधार्ने र भविष्यमा एमाले अझ सुदृढ भएर बढ्नुपर्छ भनेर पाइला चालेको हुँ,’ नेम्वाङले भने, ‘पाइला चाल्दा कहिलेकाहीँ अपेक्षित परिणाम प्राप्त नहुन सक्छ, तर हतोत्साहित हुनुहुँदैन । एमालेले निरन्तर देशलाई समृद्धितिर लैजान्छ । सौम्य र सभ्य तरिकाले देश र जनताको पक्षमा कुरा उठाइरहन्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending