Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

कैलाली । चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक÷एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा , शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपीलगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन् । “विशेषज्ञ चिकित्सक नहुँदा सरकारको योजनाअनुसार गुणस्तरीय सेवा दिन नसकिएको र अस्पतालको क्षमता हँुदाहँुदै पनि बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको छ”, उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नरेन्द्र खनाल भन्नुहुन्छ, “कोइकाले यहाँको आवश्यकता हेरी पूर्वाधार तयार गर्नुका साथै उपकरण समेत दियो तर सरकारले भनेअनुसारको जनशक्ति दिएन ।” उक्त अस्पतालको सेवामा सुधार भए कैलाली, पश्चिम बर्दिया र पश्चिम सुर्खेतका नागरिकले समेत गुणस्तरीय सेवा पाउँथे । जिल्ला अस्पताल सरहको टीकापुरमा जस्तै यो भन्दा तल्लो तहका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीको अभाव छ । टीकापुरजस्तै प्रदेश ७ का स्वास्थ्य संस्थामा रिक्त स्थानमा स्वास्थ्यकर्मीको माग भए पनि स्वास्थ्य सेवा विभागले भने अनमी, अहेव, हेल्थअसिष्टेण्ट र स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ । सात नं प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सूचना अधिकारी हेमराज खडकाका अनुसार स्वास्थ्य सेवाका तीन हजार १७७ कर्मचारीमध्ये ६३२ पद रिक्त छन् । त्यसैमा स्वास्थ्य सेवा विभागले ५८ स्टाफ नर्स, अहेव, अनमीलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ भने १२ जना मात्र अन्य प्रदेशबाट सरुवा भई आएका छन् । “दरबन्दी नै कम छ, भएका दरबन्दी खाली छन् । यसैमा भएका स्वास्थ्यकर्मी बाहिर सरुवा गरिएकाले केही स्वास्थ्य चौकी अनमीबिहीन छन्”, स्वास्थ्य निर्देशक अवस्थी भन्नुहुन्छ, “सरुवा नगर्न स्वास्थ्य सेवा विभागलाई र बाहिर जानेलाई तत्काल रमाना नदिन प्रदेश ७ का सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई अनुरोध गरिसकेका छौँ ।” जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा मात्र होइन, प्रदेश ७ का जनतालाई स्वास्थ्य सेवा दिइरहेका उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, पहाडी जिल्लाका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । सात नं प्रदेशका २६ लाख नागरिकका लागि ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ४१ जनामात्र कार्यरत छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending