Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निर्दोष प्रहरीलाई साढे १३ वर्ष जेल !

काठमाडौं । बलात्कार र हत्याको झूटो आरोपमा पक्राउ परेका एक प्रहरी जवान साढे १३ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । गोंगबु बसपार्कमा डियुटीमै खटिएका बेला पक्राउ गरिएका प्रहरी जवान मदननारायण श्रेष्ठलाई सर्वोच्च अदालतले निर्दोष ठहर्याएको हो। २०६० कात्तिक ८ गते गोंगबुको न्यु लेसपार गेस्ट हाउसको १०६ नम्बर कोठामा ३१ वर्षीया रीता लामा मोक्तानको शव भेटिन्छ। प्रहरीले छानबिन थाल्छ। मृतकका पति कृष्ण लामाले प्रहरी जवान श्रेष्ठ र अर्का व्यक्ति विष्णु सिलवालका नाममा किटानी जाहेरी दर्ता गराउँछन्। जाहेरीमा उनीहरूले रीतालाई अघिल्लो राति गाउँले दोहोरी साँझ रेस्टुरेन्टमा लगी बियर खुवाएको र त्यहाँबाट गेस्ट हाउसमा लगी बलात्कार र हत्या गरेको दाबी गरिएको हुन्छ। अनुसन्धानका क्रममा गोंगबु प्रहरीले गेस्टहाउसमा काम गर्ने १२ वर्षीय सरोज लामालाई केरकार गर्छ। गेस्टहाउसमा रुम बुकिङ गर्ने यिनै हुन् भनी श्रेष्ठका नाममा सनाखतको कागज गराइदिन्छ। जाहेरीमा उल्लिखित सिलवाल भने फरार हुन्छन्। प्रहरीले आफ्ना जवान श्रेष्ठलाई यातना दिई ‘म, विष्णु सिलवाल र रीता लामाले दोहोरी रेस्टुरेन्टमा बियर खाएको र पछि गेस्टहाउसमा लगेर बलात्कार गरी आफूले हत्या गरेको हुँ’ भनी लेखिएको बयानमा जबर्जस्ती सही गराउँछ। श्रेष्ठले जिल्ला अदालतमा ‘मलाई कुटपिट गरी बयान तथा सनाखतको कागजमा सही गराएको हो। मैले कसैलाई मारेको छैन। मलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएकाले प्रहरी उपरीक्षकसमेत उपर क्षतिपूर्ति दिलाई विभागीय कारबाही गरिपाऊँ’ भनी बयान दिन्छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending