Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

लिफ्टिङ बाट खानेपानी वितरण गरिने

चौतारा । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी लिफ्टिङ प्रणालीबाट खानेपानी आयोजना निर्माण गरिने भएको छ । ‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई वर्षभित्र सम्पन्न गर्नेगरी सगरमाथा कन्ट्रक्सन कम्पनीले रु १५ करोड ६८ लाखमा निर्माणको ठेक्का पाएको छ । सो आयोजनाबाट साविकको साँगाचोक गाविस र नगरपालिकाको १०, ११ र १२ वडाका दुई हजार २२३ घरधुरीलाई स्वच्छ पिउने पानी वितरण हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए । चार तहबाट इन्टेकदेखि एक हजार १०० मिटरको उचाइमा रहेको हर्रे डाँडास्थित ट्याङ्कीमा विजुलीबाट तानिएको पानी सङ्कलन गरेर शुद्धीकरणका लागि प्रशोधन केन्द्रसमेत बनाइने भएको छ । पानी सङ्कलनका लागि ५० हजारदेखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्की निर्माण गरिनेछ । निर्माण पछि एक वर्षसम्म सो आयोजना ठेकेदारले नै सञ्चालन गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिने बताइएको छ । उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा वितरण गरिने र यसका लागि प्रत्येक घरले १० प्रतिशत जनश्रम व्यहोर्नुपर्ने भएको छ । “भूकम्पले मुहान सुकेपछि प्रत्येक वर्षको फागुनदेखि असारसम्म स्थानीयबासीले धेरै दुःख झेल्दै आएका थिए”, वडा नं १० का वडाध्यक्ष बेलबहादुर महतले भने । “अब भने गाउँलेले खानेपानीको समस्याबाट मुक्ति पाउने भए ।”

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy