Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुक ः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएको छ । भारत भ्रमणमा रहनुभएका उहाँले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताए । पूर्वप्रधानमन्त्री दाहालले भने, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।” जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष दाहालले यो पानी व्यवस्थापनको विषय पनि भएको उल्लेख गरे । सरगमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने दोहो¥याउँदै उहाँले सगरमाथाको पानी विश्व बजारमा पु¥याएर लाभ लिन सकिन्छ भने । नेपालमा पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योग, धार्मिक पर्यटनलगायतका क्षेत्रमा लगानी गरी प्रतिफल लिन पनि सकिने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताको उल्लेख्य सहभागिता थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending