Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

समृद्ध पाकिस्तान, प्रधानमन्त्री खानको सपना

काठमाडौं। पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हाल्नेका छन् । स्वतन्त्रतादेखि नै पाकिस्तानले अहिलेसम्म पूर्णकाल नेतृत्व सम्हाल्ने नेता पाउन सकेको छैन । एक क्रिकेट खेलाडीका रूपमा पाकिस्तानको शीरलाई विश्वसामु उँचो पार्न सफलता पाए झै उनलाई कुशल राजनीतिक नेतृत्वकर्ताका रूपमा विश्वले चिन्न पाओस एक असल छिमेकीका रूपमा प्रकट गरिने शुभेच्छा यही हुन सक्छ । एक इश्लामिक राष्ट्रका रूपमा पाकिस्तानले धेरैथरि नेता पायो । उनीहरूको विश्वभर ख्याती पनि छ । तर मुलुकभित्र पाकिस्तानलाई सम्पूर्णरूपमा एकतावद्ध बनाएर अघि बढ्न उनीहरू सत्ता सञ्चालनका क्रममा होस् वा बाहिरिएपछि पनि निर्विवादित हुन सकेका छैनन् । खानमाथि पाकिस्तानी धेरैथरी समुदायको आशा छ । खानको राजनीतिमा आगमनको कारण पनि आफुले कमाएको प्रसिद्धिलाई भ¥याङ बनाउँदै पाकिस्तानको थप प्रसिद्धिका लागि काम गर्ने हो भन्न सकिन्छ । खानलाई राम्रैसँग थाहा छ पाकिस्तानमा राजनीति गर्नु सहज छैन । तर उनले देशको दुःख हेरेर आफु चोखो बन्नभन्दा देशलाई सही राजनीतिक दिशा दिँदा केही विवादित बन्न मन लागेको छ । प्रष्टरूपमा भन्दा उहाँले देशको सुधारका लागि केही सोचको थालनी गरेका छन् । उहाँले यस पहिलेका नेतृत्वले भोगचलन गरेका कैयौँ सुविधाको आफै कटौती गरी देश विकासका लागि सुन्दा हेर्दा सामान्य लाग्ने तर उच्च सोचलाई अघि सारेका छन् । सुविधा बाँड्नुपर्छ भन्ने उनको विचार साह्रै प्रशंसनीय छ । आर्थिक सङ्कटबाट देशलाई माथि उठाउन उनले प्रधानमन्त्रीका लागि बनाइएको भब्य महललाई विश्वविद्यालय बनाउने उद्घोषका साथ कामको थालनी गरे । उनले सैन्य सचिबका लागि बनाइएको सामान्य तीन कोठे भवनलाई आफ्नो नीजि निवास बनाएका छन् । धनी गरिबको दूरी बढ्दै गएको जनाउँदै कमभन्दा कम खर्चमा शासन चलाउने र यसको पाठ अन्य नागरिकसामु लाने उनको सोच आदर्शवादी छ । सोचमात्रै नभएर खर्च कटौतीका आधार पनि आफु नेतृत्वमा आएसँगै योजनावद्धरूपमा अघि सारेका छन् । ५२४ जना सहयोगी रहेको जम्बो टोलीलाई घटाएर दुई जना बनाएको घोषणा गर्नु प्रशंसनीय छ । यस बिषयलाई प्रष्ट पार्दै केही हप्ता पहिले राष्ट्रवासीका नाममा गरेको पहिलो सम्बोधनमा उनले भने, “म ५२४ जनाको सहयोगी टोलीलाई दुई जनाबाट सहायता लिनेछु । म आफ्नो घर छोड्ने पक्षमा थिइन तर सुरक्षाको समस्या देखाउँदै विभिन्न निकायले गरेको अनुरोधमा सरकारी निवासमा आएको छु । यो मेरो बाध्यता भएको छ ।” खानले आफ्नो सरकारले हाल सञ्चालित सबै बुलेट प्रुफ गाडी लिलाम गर्ने घोषणा गरेका छन् । कार लिलामका लागि उहाँले स्वयम् ब्यापारीलाई बोलाएर आर्थिक पारदर्शीता देखाउने घोषणा सुन्दर छ । प्रधानमन्त्री निवासमा हाल रहेका ५२४ सहयोगी र ८० कार रहेको बताउँदै भने, “प्रधानमन्त्री अर्थात् मसँग ३३ वटा बुलेटप्रुफ कार पनि छन् । उड्नका लागि हेलिकोप्टर र विमान पनि हामीसँग छन् । हाम्रोमा यहाँ गभर्नरको विशाल आवास छ, त्योसँगै हरेक कल्पनीय आरामका बस्तु पनि छन्”, एकातर्फ पाकिस्तानी जनतामाथि खर्च गर्ने पैसा नभएको अर्कातर्फ केही मानिसहरु उपनिवेश लाद्नेकै शैलीमा बसिरहेका गलत कुरा भएको खानको बुझाई आदर्शवादी छ । यसलाई व्यवहारमा ल्याउन एक खेलाडीबाट राजनीतिमा आएको व्यक्तिलाई चुनौतिपूर्ण कुरा पक्कै हो । इच्छाशक्ति परिवर्तनको सारथि हो । पाकिस्तानी प्रधानमन्त्रीले समाजप्रति उत्तरदायी बन्न आफ्नो सरकारलाई गरेको आग्रह उनले विकासका लागि देखेको सपना हो । छोटो समयमा नै उद्देश्य तय गर्नसक्नु उनको सकारात्मक पक्ष हो । आगामी दिनमा पूरानो राजनीतिबाट प्रभावित बनेको कर्मचारीतन्त्रलाई हात लिन नयाँ नेतृत्वको लागि सहज भने पक्कै छैन । उनले प्रधानमन्त्रीका लागि दिइएको ३३ बुलेटप्रुफ कारसहित ८० गाडी बेचेर गरिबीका कारण पढ्न नसकेका करिब दुई करोड विद्यार्थीलाई स्कुल भर्नाका लागि खर्च गर्ने घोषणा प्रसंशनीय छ । हुनत हरेक शासकले सत्ता सम्हाल्दा विकासका कुरा गर्ने विश्वव्यापी चलन नै बनेको छ आजको दुनियाँमा । प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टरलाई बिक्री गरी मातृशिशु मृत्युदर घटाउन प्रयोग गरिने योजना खानको अर्को आकर्षक योजनाले मुसलमान नारीहरूलाई राहत मिलेको हुनुपर्छ । इमरानले पूर्ववर्ती सरकारले गरेका अदुरदर्शी र सुविधाभोगी विचारका कारण पाकिस्तानको इतिहासमा हामीले यस किसिमको संकटको कहिल्यै सामना गर्नु नपरको बताउँदै पाकिस्तानको आर्थिक बोझको कुरालाई उठाएका छन् । तर आदर्श र व्यवहार फरक कुरा हुन् प्रधानमन्त्री भएपछि उहाँले सरकारी आवास र कार्यालयका लागि यातायातको माध्यमका रूपमा हेलिकोप्टरको प्रयोग गरेको भन्ने केही दिन पहिले निकै चर्चा पायो । खानले उक्त बिषयलाई आफुले जनताको दुःख देख्न नचाहेकाले हेलिकोप्टरको प्रयोग गरेको भनी खण्डन गर्नुभयो । सुरक्षाको दृष्टिकोणले सडकमा अवत जावतका समय बाटोमा सर्वसाधारणलाई समेत रोक्नुपर्ने सुरक्षाकर्मीको धारणापछि व्यस्त शहरको ट्राफिक समस्यालाई मध्यनजर राखी हवाइ यात्रा गरेको भन्ने विचार एकतर्फ राम्रै हो तर यसमा हुने इन्धनको प्रयोगले आर्थिकरूपमा सङ्कटको अवस्थामा रहेको मुलुकका जनताले उक्त आलोचना गर्नुलाई अस्वभाविक पनि भन्न नसकिने देखिन्छ । आर्थिक सम्वृद्धि, वैदेशिक लगानी, आन्तरिक सुरक्षा तथा वैदेशिक सम्बन्ध तथा समग्र क्षेत्रको सु्धारका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउँदै नयाँ सरकारले पनि राजनीतिक स्थायित्वलाई प्रत्याभूत गराउन सक्नेमा पाकिस्तानका सुरक्षा तथा राजनीतिक विश्लेषक नाजिर सैयद मोहमदले खानमाथि पनि शङ्का गर्छन । आन्तरिक विवाद र राजनीतिक अस्थिरताले सरकारको लक्ष्यलाई विभाजित गर्छ जसका कारण क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरका लागि नयाँ नेतृत्वले तय गरेको उद्देश्यलाई निर्विवादरूपमा अघि बढाउन समस्या पर्छ, अवकास प्राप्त सैनिक ब्रिगेडियर समेत रहेका विश्लेषक सैयद मोहमदले भने । पहिलो सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री खानले इश्लामावादमाथि ऋणको बोझ २८ हजार अर्ब रुपैयाँ बताए । इतिहासमा यति चर्को ऋणको बोझ कहिल्यै ब्यहोर्नुपरेको नयाँ नेतृत्वको ठहर छ । पछिल्ला १० वर्षमै ऋणको बोझ बढेको खानको तर्क छ । “तिरिरहेको ऋणको ब्याज चुकाउनका लागि अब हामीले तेस्रो पक्षसँग ऋण खोज्नुपर्ने अवस्था आएको छ ।” चरम ऋणमा देश डुबेकाले अब आफूसँग यसबाट मुक्ति दिलाउने बाहेक अर्को कुनै विकल्प नै नरहेको पनि पाकिस्तानी प्रधानमन्त्रीका रूपमा खानको बुझाइ छ । पाकिस्तानले भारतसँगको दुरीलाई कम बनाउँदा लामो समय देखिको दुःख सुखको छिमेकीले पाकिस्तानमा गरेका भौतिक निर्माणका कार्यले निर्दिष्ट उद्देश्य प्राप्त गर्न सकेनन् भने यसबाट इश्लामावाद एउटा असल कार्य गर्नकै लागि धेरै योजनालाई अलपत्र पानुपर्ने अवस्था आउनसक्ने विचार पनि विश्लेषकको रहने गरेको छ । इश्लामावादस्थित नेशनल डिफेन्स यूनिभर्सिटीका प्राध्यापक मोहम्मद जियाउर रहमानले राजनीतिक स्थिरता र सफल सरकार र विदेश नीतिका लागि नयाँ नेतृत्वले अफगानिस्तान, इरान, चीन र भारतलगायतका छिमेकीसँग राम्रो सम्बन्ध बनाइराख्नु आवश्यक भएको बताउँछन् । पाकिस्तानलाई क्रिकेटमा चम्काए झैँ राजनीतिमा पनि चम्काउन उनलाई सफलता मिलेको हेर्ने पाकिस्तानी नागरिकको मात्र सपना होइन सम्वृद्ध एवम् विवादरहित नेतृत्वले पाकिस्तानको राजनीतिलाई पूर्ण कार्यकाल पूरा गरेको हेर्ने इच्छा सबै असल छिमेकीहरूको पनि रहेने छ । भारतसँग वार्ताका माध्यमबाट दूरी कम गर्ने घोषणा खानको सुविचार हो तर राजनीतिमा नयाँ नेतृत्वमाथि चौतर्फी दवाव आउँदा यसलाई कुशलतापूर्वक समाधान दिनु पाकिस्तानका नयाँ प्रधानमन्त्रीमाथिको अग्नीपरीक्षा रहनेछ । पाकिस्तान भित्रकै इस्लामिक संघसंगठन खानको सुविचारका वाधक बन्न नसक्लान भन्न सकिँदैैन । प्रधानमन्त्रीका रूपमा घोषणा गरेका कार्यक्रमलाई सफल पार्न आइपर्ने कठिनाइको सामना गर्दै खान अघि बढ्दा घरायसी धार्मिक संगठन नै खानका लागि चुनौतिका रूपमा आउने छन् । पाकिस्तानी राजनीतिमा बाजी जितिसकेका शसक्त प्रतिपक्षी, पाकिस्तानी भूमिमा धर्मको नाममा सक्रिय लस्कर–ए–तोइवा, काश्मिर समस्याले खानलाई बाटोमा अलमलाउने छन् नै । क्रिकेटको व्याटले बल छल्दै विश्वलाई चकित पार्ने खानलाई देशको आर्थिक राजनीतिक समस्यासँग खेल्न इच्छा जागेको छ । सपनालाई साकार पार्न चालिने सावधानपूर्ण कदम सफलताका उदाहरण बन्न सकेमा एशिया केन्द्रित अर्थतन्त्रमा पाकिस्तानको पनि उल्लेख्य भूमिका रहनेछ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy