Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

१९ वटा वडा सचिवविहीन अवस्थामा

दाङ। जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् । शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन् । सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन् । ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन् । यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन् । सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन् । कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ । “वडाको कार्य सम्पादन गर्न समस्या भएको छ,” बङ्गलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो । वडा सचिव नहुँदा योजनातर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरणलगायतका काम गर्न समस्या भएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy