Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

नेपाली वैज्ञानिकको लगानी बालुवामा पानी

काठमाडाैं । विश्वविद्यालयको शिक्षा मात्रै जीवनको मार्ग कोर्ने माध्यम हो भन्ने मान्यतालाई नुवाकोट बेलकोटगढी नगरपालिकाका जुम्ल्याहा दाजुभाइ राम–लक्ष्मण रिमालले गलत साबित गरिदिएका छन् । विसं ०३७ सालमा साबिकको मदानपुर गाविसमा निम्नवर्गीय परिवारमा जन्मिएका जुम्ल्याहा रिमाल दाजुभाइ असाधारण व्यक्तित्वको रूपमा देखिएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - आफ्नो विगत सम्झिँदै राम भन्छन्, ‘हामी सानो छँदा कोदो खुब चाल्नुपथ्र्याे, हिउँदको वेला विद्यालयबाट फर्केपछि हाम्रो काम कोदो चाल्ने हुन्थ्यो । त्यसो गर्दा हामीलाई पढ्ने समय भएन । त्यसैले चाल्नोलाई नाम्लो र बरियोले दलिनमा झुन्ड्याएर डोकोमाथि खुट्टाले चलाएर चाल्न मिल्ने बनायौँ, त्यसपछि कोदो चाल्न पनि मिल्यो, पढ्न पनि भ्यायौँ । पहिलोपटक हामीले विज्ञानको प्रयोग त्यहाँ गरेका थियौँ ।’ रामले यसो भनिरहँदा लक्ष्मणले मुसुमुसु हाँस्दै भने, ‘हामीले वैज्ञानिक नै बन्छौँ भनेर त्यसो गरेका थिएनौँ, कामलाई सजिलो पार्न मात्र गरेको हौँ ।’ एसएलसीपछिको यात्रा कुरा ०५४ सालको हो । फलामेढोका मानिएको एसएलसीको नतिजापछि राम–लक्ष्मण रिमाललाई परिवारले नुवाकोटको बट्टारस्थित आदर्श बहुमुखी क्याम्पसमा पढ्न भने । उनीहरू त्यो कुरामा सहमत भएनन् । बट्टारमा पढ्दा क्याम्पस जाने–आउने र घरको काम गर्नेबाहेक अरू कुनै नयाँ काम गर्न नपाउने देखेपछि उनीहरूको रोजाइ काठमाडौं बन्यो । रामले भने, ‘काम पाइन्छ/पाइन्न भन्ने थाहा थिएन, तर त्यतिवेला हामीलाई काठमाडौं कामको खानीजस्तो लाग्थ्यो ।’ काम जति पनि पाइन्छ, काम गरेर पैसा कमाएर घरमा पठाउन पनि सकिन्छ भन्ने सोचेर उनीहरू काठमाडौं पसे । ‘नुवाकोटबाट नजिकै भए पनि उनीहरूले काठमाडौं टेकेको दोस्रोपटक हो,’ लक्ष्मणले त्यो समय सम्झिए । के पढ्दा के भइन्छ र कुन विषय पढ्ने भन्ने सोचसमेत बनाउन नसकेका रिमाल दाजुभाइ भन्छन्, ‘के पढ्ने, कसो पढ्ने हामीलाई थाहा थिएन । सुरुदेखि विज्ञानमा चासो भए पनि एसएलसी परीक्षाको नतिजा विज्ञान पढ्ने इच्छामा तगारो बनिदियो ।’ एसएलसीमा विज्ञान विषयमा ४३ र ४५ नम्बरका कारण उनीहरू सेकेन्ड डिभिजनमा परे । सेकेन्ड डिभिजन आएपछि साइन्स पढ्न सक्दैनाैँ भनेर आफ्नै मनले भनेपछि गाउँका एकजना दाइसँग उनीहरूले सल्लाह मागे । ‘उहाँले तिमीहरू टाठाबाठा छौ, जिल्ला शिक्षा अधिकारी बन्नुपर्छ । त्यसैले तिमिहरूले शिक्षा विषय पढ भन्नुभयो,’ राम–लक्ष्मणले एक स्वरमा भने, ‘उहाँको सल्लाहअनुसार हामीले प्रवेश परीक्षाका लागि ताहाचलको महेन्द्ररत्न क्याम्पसमा नाम लेखायौँ । परीक्षा दियौँ ८ र ९ नम्बरमा नाम पनि निकाल्यौँ ।’ भर्नाका लागि ताहाचल जाँदै गर्दा उनीहरूका बुबा पनि सँगै थिए । बुबाले ‘पकनाजोलमा तिमीहरूको काका बस्छन्, भेटौँ’ भनेपछि उनीहरू काकाको डेरातिर लागे । काकाले उनीहरूबारे जिज्ञासा राखेपछि आफ्नो लक्ष्य र गन्तव्य सुनाए । राम–लक्ष्मणको कुरा सुनेर काकाले ‘धत् ! तिमीहरूले कहाँँ शिक्षा पढ्ने ? तिमीहरूजस्तो मान्छेले त बिजनेस म्यान बन्नुपर्छ, त्यसैले कमर्स पढ । म पनि सहयोग गरूँला’ भनेपछि उनीहरूले त्यो सल्लाह टार्न सकेनन् । अन्ततः ठमेलस्थित सरस्वती क्याम्पसमा उनीहरू नाइट सिफ्टमा आइकममा भर्ना भए । डेरा बस्दा आविष्कार क्याम्पस भर्ना गरेपछि रिमाल दाजुभाइले बस्नका लागि ठाउँ खोज्न थाले । ‘घरबाट पैसा ल्याएर कोठामा बस्ने हाम्रो क्षमता थिएन । कसैको घरमा काम पनि गर्ने र कोठा भाडा तिर्न नपर्ने ठाउँको खोजी गर्न थाल्यौँ,’ राम भन्छन्, ‘आफन्तको माध्यमबाट साहित्यकार बदरीनाथ भट्टराईको घर भेटायौँ । हामीले उहाँको घरको काम गरिदिने र कोठाको भाडा नतिर्ने सहमति गर्‍यौँ ।’ बदरीनाथ भट्टराईको घरबाट सुरु भयो, रिमाल दाजुभाइको नयाँ दैनिकी । राम–लक्ष्मण दाजुभाइले डेरा बस्दा घन्टी बज्नेबित्तिकै दगुर्दै गेट खोल्न जानुपथ्र्याे । घरको कम्पाउन्ड ठूलो थियो, जानै समय लाग्ने । ९÷१० कक्षामा पढेको विज्ञानअनुसार चुम्बकलाई प्रयोग गरेर उनीहरूले आफैँ ढोका खोल्ने र बन्द गर्ने सिस्टम बनाए । यसो गर्दा निकै सजिलो भयो । त्यहाँ उनीहरूले मोटर खोल्ने, ढोका खोल्ने, घरवरिपरि सरफाइ गर्ने, पानी–बत्तीको पैसा तिर्न गइदिने काम गरे । लक्ष्मण भन्छन्, ‘घन्टी बज्नेबित्तिकै दगुर्दै गेट खोल्न जानुपथ्र्याे । घरको कम्पाउन्ड ठूलो थियो । गेटसम्म जानै समय लाग्ने ।’ दाजुभाइले एउटा आइडिया निकाले । ९/१० कक्षामा पढेको विज्ञानअनुसार चुम्बकलाई प्रयोग गरेर आफैँ ढोका खोल्ने र बन्द गर्ने सिस्टम बनाए । यसो गर्दा निकै सजिलो भयो । एक दिन घन्टी बज्यो कोठाबाटै स्विच अन गरिदिए । रक्सी खाएर मातेको मान्छे भित्र छिरेछन् । ‘हामीले को छिर्‍यो भन्ने पत्तो पाएनौँ । पछि गाली खानुपर्‍यो, त्यस्तो मान्छेलाई ढोका किन खोलेको ? भनेर,’ लक्ष्मणले भने, ‘त्यसदिनदेखि त्यो सिस्टम बन्द गरिदियौँ ।’ सुरुमा पानी चलाउने र बन्द गर्ने अटोमेटिक मेसिनबाट काम सुरु गरेका रिमाल दाजुभाइले छतमा पानी तान्ने र ट्यांकी भरिएपछि आफैँ बन्द गर्ने प्रविधि विकास गरे । यो आफूहरूको पहिलो व्यावसायिक प्रविधि भएको दाबी गर्छन्, रिमाल दाजुभाइ । भन्छन्, ‘हाम्रो अर्काे ठूलो समस्या थियो, मोटर खोल्ने र बन्द गर्ने । मोटरको स्विच हाम्रै कोठाको ढोकामा थियो । कहिलेकाहीँ हामी बाहिर गएका वेला पानी सकिने रहेछ । ‘तिमीहरू नहुँदा पानी सकियो भन्ने गुनासो हुन थालेपछि हामीले अर्काे आइडिया लगायौँ, पानी सकिनेबित्तिकै आफैँ खोलिने र भरिएपछि बन्द हुने,’ लक्ष्मण भन्छन्, ‘त्यसपछि हामीले नेपाललाई कस्तो प्रविधि आवश्यक हो भन्ने विषयमा जोड दियौँ । पर्याप्त स्रोत–साधन थिएन । अहिले पनि छैन । एकदमै सीमिततामा बसेर काम गर्नुपर्ने बाध्यता थियो ।’ आफूलाई आइपरेको समस्या टार्न विकास गरेको प्रविधि नै राम–लक्ष्मणको जीवनमा महत्वपूर्ण उपलब्धि भइदियो । उनीहरूले सेक्युरिटी अलार्म, विद्युतीय हाजिरी, बाढीको पूर्वसंकेत प्रविधि तथा मकैको बिउ रोप्ने प्रविधि आविष्कार गरे । कम्युनिटी साइरन सिस्टममा समेत उनीहरूले पेटेन्ट राइट दर्ता गरिसकेका छन् । बैंकको सुरक्षा प्रणालीदेखि नेपालमै पहिलोपटक जिपिएस ट्र्याकिङ सिस्टमको विकास गरेका छन् । आफूहरूले आविष्कार गरेका कतिपय प्रविधि विश्वमै नयाँ भएको उनीहरू दाबी गर्छन् । प्राधिकरणको बेवास्ता नेपालको १८ घन्टे लोडसेडिङलाई अन्त्य गर्न रिमाल दाजुभाइले प्रविधि निर्माण गरे । तर, विद्युत् प्राधिकरणका कर्मचारीले उनीहरूको प्रविधिलाई अनेक खोट देखाएर प्राधिकरण प्रवेश गर्नै दिएनन् । त्यो दिन सम्झिँदै राम भन्दछन्, ‘हामीले देशलाई लोडसेडिङमुक्त गरी उज्यालो नेपाल बनाउने ध्येयका साथ ०६६ साल फागुनमा ‘इजी अटोवाट आवर’ नामको उपकरण जडान तथा सञ्चालन गर्न विद्युत् प्राधिकरण र इजी ट्र्याक प्रालिसँग सम्झौता गर्‍यौँ,’ उनीहरू भन्छन्, ‘त्यतिवेलै हामीले भनेका थियौँ, विद्युत चोरी रोकौँ, चुहिएर जाने विद्युत्लाई राम्रोसँग व्यवस्थापन गरौैँ, लोडसेडिङ अन्त्य हुन्छ ।’ त्यसवेला उनीहरूलाई लाग्यो– ‘हामीजस्ता केही गर्छौं भनेर लागेका युवालाई देशले सहयोग गर्दो रहेनछ ।’ त्यो सम्झौता कार्यान्वयन नहुँदा उनीहरूले विकास गरेको प्रविधि प्रयोगविहीन भयो र उनीहरूले करोडौँको नोक्सानी बेहोर्नुपर्‍यो । भोटिङ मेसिन प्रयोगमा आनाकानी अप्रत्याशित रूपमा बढिरहेको निर्वाचन खर्चलाई कम गर्ने उद्देश्यले राम–लक्ष्मण दाजुभाइले भोटिङ मेसिनको विकास गरे । ‘अहिले हेर्नुभयो भने निर्वाचनमा १ खर्बसम्म खर्च भएको छ । डेमोक्रेसी यति धेरै महँगो भयो कि यही गतिमा जाने हो भने नेपालले निर्वाचन गर्नै सक्दैन,’ रामले ‘विकसित मुलुकमा निर्वाचन धेरै सस्तो छ । अन्तको कुरा छाडौँ, अमेरिकाकै निर्वाचन अत्यन्त सस्तो छ । भलै प्रचार खर्च बढी होला । ‘हाम्रोमा त निर्वाचन गर्नुभन्दा मत परिणाम गन्न बढी खर्च लागिररहेको छ,’ रामले भने, ‘महिनौँ दिन लगाएर गन्ने त्यो समयमा अरू काम गर्ने हो भने कति भ्याइएला ?’ लक्ष्मण दाजुभाइले ६÷७ महिना लगाएर मेसिन बनाए । ‘हामीले देशको मात्र होइन, विश्वभरिको भोटिङ सिस्टम हेरेर मेसिन बनाएका थियौँ । पहिलो भर्जिन प्रस्तुतिका लागि निर्वाचन आयोग जाने सोच बनायौँ । तत्कालीन निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालालाई फोन गर्‍यौँ र समय माग्यौँ,’ उनीहरूले सम्झिए, ‘हामीले फोन गरेकै दिन उहाँले हामीलाई प्रिजेन्टेसनका लागि बोलाउनुभयो ।’ उनीहरूले तत्कालीन निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित त्यहाँका आयुक्तहरूलाई देखाए । सबै उत्साहित भए । ‘निकै वाहवाही पाइयो । तुरुन्तै बनाउन निर्देशन दिनुभयो,’ उनीहरूले भने, ‘त्यसपछि डेढ वर्ष लगाएर हामीले सिस्टम बनायौँ । निर्वाचन आयोगलाई दिनुभन्दा अगाडि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई देखायौं, उहाँ पनि खुसी हुनुभयो ।’ जब उनीहरू मेसिन लिएर निर्वाचन आयोग पुगे । त्यहाँ भनियो, ‘हामीले मात्र भनेर हुँदैन, पार्टीहरूलाई राजी गराउनुहोस् ।’ उनीहरूले राजनीतिक दललाई सहमत गराए । फेरि अर्काे अत्तो राखियो, ‘यो मेसिन सही छ कि छैन कसरी प्रमाणीकरण गर्ने ?’ राम–लक्ष्मणले त्यो जाँच गर्न अनुरोध गरे । निर्वाचन आयोय, प्रहरी, आइटी विज्ञ, सेक्युरिटी क्षेत्रका विज्ञसहितको प्रमाणीकरण गर्ने समिति गठन भयो । ‘एक–दुईपटक बैठक पनि बस्यो, निष्कर्षमा पुग्न सकेन । हाम्रो लगानी त्यहाँ पनि बालुवामा पानी भयो,’ उनीहरूले दुखेसो गरे । हतास भएका छैनौँ निर्वाचन आयोग, विद्युत् प्राधिकरण र नेपाल सरकारले आफूहरूलाई सहयोग नगरे पनि उनीहरूले विभिन्न पार्टीका भातृ संगठनको निर्वाचन सफलतापूर्र्ण सम्पन्न गरेका छन् । ‘हालसम्म ५२ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसक्यौँ,’ राम–लक्ष्मण दाजुभाइले भने, ‘एनआरएन, नेपाल विद्यार्थी संघ, महिला संघ, राप्रपालगायतका निर्वाचन सम्पन्न गर्‍यौँ ।’ बाहिरी देशमा बनेको सिस्टमलाई टपक्क टिपेर ल्याउन जानेको राज्यले नेपालकै युवाहरूले आविष्कार गरेका उपकरणलाई स्थान दिनुपर्ने उनीहरूको माग छ । ‘देश बनाउन निजी क्षेत्र नै लाग्नुपर्छ,’ लक्ष्मणले भने, ‘हामी आत्तिएका छैनाैँ, निरन्तर लागिरहन्छौँ र कसैको आलोचना पनि गर्दैनौँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy