निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : बस्ती स्थानान्तरण र रूख कटान दुई वर्षभित्र
भाद्र ३१ गते, २०७५ आइतवार 16th September, 2018 Sun०८:५३:४६ मा प्रकाशित
काठमाडाैं । बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना कार्यान्वयनपूर्वका तीन महत्वपूर्ण काम एकैपटक अगाडि बढ्ने भएको छ । करिब दुई वर्षमा आयोजना कार्यान्वयनपूर्वका सबै काम सकेर निर्माण थाल्ने योजना सरकारको छ । यसबीचमा साइट क्लियरेन्स (रूख कटान), बस्ती स्थानान्तरण र कम्पनी छनोटसँगै विस्तृत परियोजना प्रतिवदेन (डिपिआर) निर्माणको काम एकैसाथ अगाडि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
अाजकाे नयाँ पत्रिकादैनिकमा याे खबर छ - नेपालको सबैभन्दा ठूलो आयोजनामध्ये एक निजगढ विमानस्थलमा पहिलो चरणको कामका लागि करिब २ लाख ठूला र ५ लाख साना पोथ्रा रूख काट्नुपर्छ । विमानस्थलले चर्चेको भागमा १४ सय ९४ घरपरिवार छन् । उनीहरूको बस्ती स्थानान्तरण गर्नुपर्नेछ । यसबाहेक सरकारले सार्वजनिक–निजी साझेदारी (पिपिपी) बुट मोडलमा यो विमानस्थल बनाउने निर्णय गरिसकेको छ । यसका लागि कम्पनी छनोट गर्न करिब ४ महिना लाग्ने बताइएको छ ।
त्यसअगाडि नै विमानस्थलको गुरुयोजना र डिपिआर बनाउन प्राधिकरणले कम्पनी छनोट गरिसक्ने बताइएको छ । आयोजनाको अर्को महत्वपूर्ण काम वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन भने स्वीकृत भइसकेको छ । जेठ १० मा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएसँगै अहिले पर्यटन मन्त्रालय मन्त्रिपरिषद्बाट रूख कटान आदेशको पर्खाइमा छ । साइट क्लियरेन्सको काम भने नेपाली सेनाले गर्नेछ ।
७ वर्षभित्र निजगढ विमानस्थलबाट उडान
प्राधिकरणका अनुसार साइट क्लियरेन्ससहित आयोजनापूर्वको तयारीका सम्पूर्ण काम आगामी दुई वर्षमा सम्पन्न हुनेछन् । त्यसपछि पहिलो चरणमा ३६ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको एक धावनमार्ग, ३६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको ट्याक्सीवेसहित अत्याधुनिक सुविधासम्पन्न विमानस्थल अर्को ५ वर्षमा निर्माण भइसक्नेछ । पहिलो चरणमा एकसाथ १९ वटा जहाजले यात्रु चढाउन र ओराल्न सक्ने ‘एप्रोन’ बन्नेछन् भने २ वटा कार्गो एप्रोन पनि रहनेछन् । यस विमानस्थलबाट संसारमा अहिले व्यापारिक उडानमा रहेका सबैभन्दा ठूला जहाज ए३८० मोडलका जहाज उडान–अवतरण गर्न सक्नेछन् । निरन्तर १८ घन्टाभन्दा लामो उडान गरी एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पुग्ने जहाज यस विमानस्थलबाट उड्न र अवतरण गर्न सक्ने महानिर्देशक गौतमले जानकारी दिए ।
२६ सय हेक्टरमा विमानस्थल संरचना
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले कुल ८०४५.७९ हेक्टर क्षेत्र ओगट्छ । यसमध्ये पहिलो चरणको काम सम्पन्न भई उडान सुरु गर्न केवल २५९३.९५ हेक्टर जमिन मात्र उपयोग हुनेछ । ‘यो विमानस्थल दीर्घकालीन आवश्यकतालाई दृष्टिगत गरी अगाडि बढाइएको हो,’ गौतमले भने, ‘अबको ५० वर्षको हवाई ट्राफिकलाई ध्यानमा राखी आज आयोजना बढाउनु आवश्यक छ ।’
कति रूख काटिन्छ ?
करिब ८० वर्गकिलोमिटर क्षेत्रफल रहने विमानस्थलको कुल जग्गाको ९० प्रतिशत क्षेत्र जंगलले ढाकेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनअनुसार यस क्षेत्रफलभित्र करिब ६ लाख सालका परिपक्व रूख र १८ लाख पोथ्रा, साना, कुकाठ छन् । यसमध्ये पहिलो चरणमा १९४४८० ठूला रूख र ५७५२११ पोथ्रा, कुकाठ गरी करिब ७ लाख ६९ हजार रूखबिरुवा हटाउनुपर्नेछ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले पूरै क्षेत्रको मूल्यांकन गरे पनि पहिलो चरणमा थोरै मात्र रूख काटेर या अन्यत्रै सारेर विमानस्थल बन्नेछ । नेपालमा कुनै पनि आयोजनाले एउटा रूख काटेबराबर २५ नयाँ बिरुवा रोप्नुपर्ने प्रावधान छ ।
आयोजनालाई थप लम्ब्याउने पक्षमा सरकार छैन
रवीन्द्र अधिकारी
मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
निजगढ विमानस्थल संसारकै ठूलो आयोजनामध्ये एक हो । त्यसकारण यस आयोजनामा संसारकै चासो छ । यो नेपालको ‘ड्रिम प्रोजेक्ट’ हो । यसले पर्यटन मात्र नभई समग्र अर्थतन्त्रको अहिलेको गति बदल्नेछ । खासगरी अहिले निर्माण भइरहेका र त्रिभुवन विमानस्थल ट्रान्जिट विमानस्थल होइन, हामी एसिया प्यासेफिक क्षेत्रकै सबैभन्दा उपयुक्त ट्रान्जिट विमानस्थल बनाउँदै छौँ । सरकार वातावरण संरक्षणमा संवेदनशील छ । वातावरणमा कमसेकम क्षति पुग्ने गरी विमानस्थल बन्छ । तर, यो या त्यो बहानामा यो आयोजनालाई थप लम्ब्याउने पक्षमा सरकार छैन ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: